ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध नेकपाको जनजागरण अभियान


एबीसी न्यूज
८ आश्विन २०७७, बिहिबार   १२ : १६   बजे

काठमाडौं, ८ असोज । जिल्लाको शिखर नगरपालिकामा नेपाल कम्युनिष्ट पार्टी नेकपाले भ्रष्टाचार, अनियमितता र गलत प्रवृत्तिविरुद्ध एक महिने छानबिन तथा जनजागरण अभियान थालेको छ । नेकपाको शिखर नगर सङ्गठन कमिटीको बैठकबाट उक्त एक महिने छानबिन तथा जनजागरण अभियान गर्न थालेको हो । विशेषतः कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका समयमा रोग नियन्त्रण तथा व्यवस्थापनका नाममा शिखर नगरपालिकामा आर्थिक अनियमितता भएको भन्दै उक्त छानबिन अभियान चलाएको हो ।

आर्थिक अनियमिततासँगै बन्दै गरेको कार्यालय भवनको मापदण्ड र निर्माण सामग्री प्रयोगका विषयमा विवाद भएको र सो विषयमा आफ्ना कार्यकर्ताविरुद्ध मुद्दा चलाईएको नेकपाको आरोप छ । निर्माणसम्बन्धी इजाजत पत्र नविकरण गर्दा जनप्रतिनिधीले अनियमितता गरे पनि आफ्ना समर्थकलाई आरोप लागेपछि एक महिने छानबिन तथा जनजागरण अभियान सञ्चालन गरेको नेकपाका सुदूरपश्चिम प्रदेश सदस्य लालबहादुर कठायतले बताउनुभयो । उहाँले भन्नुभयो, “नगरपालिकामा भएका आर्थिक अनियमितताका विषयमा उजागर गर्दा र अनियमितता नगर्न सल्लाह दिँदा उल्टै मुद्दा खेपाउने, धम्काउने प्रबृति बढेकाले हामीले छानबिन तथा जनजागरण अभियान चलाएका हौँ, कसैको व्यक्तिगत रिसले होइन कानूनसम्बत होस् भन्ने हाम्रो चाहना हो ।”

सत्तारुढ दल नेकपाले औपचारिक निर्णय गरी एक महिने छानबिन तथा जनजागरण अभियान चलाएको देशमै शिखर नगरपालिका पहिलो भएको नेकपा शिखर नगर कमिटी अध्यक्ष सागर भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “शिखर नगरपालिकामा छानबिन तथा जनजागरण अभियान चलाएको देशैभरी पहिलो स्थानीय तह हो, नगरभित्र भएका भ्रष्टाचार विरुद्ध सप्रमाणसम्बन्धित निकायमा उजुरी दिँदासमेत सुनुवाइ नभएपछि हामीले यो अभियान चलाएका हौँ ।” नेकपाले उक्त नगरपालिकाका ११ वटै वडामा छानबिन अभियान सञ्चालन गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

कांग्रेस नेता राजेन्द्र खरेलको निधन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group