ABC NEWS NEPAL | No.1 News channel of Nepal
१८ भदौ २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह : एक हप्तामा १० हजार बढी सङ्क्रमित थपिए


एबीसी न्यूज
२२ आश्विन २०७७, बिहिबार   ६ : ०५   बजे

काठमाडौं, २२ असोज ।  निषेधाज्ञा हटेपछि काठमाण्डौ उपत्यकामा कोरोना भाइरसको सङ्क्रमण लगातार बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमका अनुसार काठमाण्डौमा एक हप्तामा १० हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ । सरकारले तोकेको मापदण्ड पूर्ण पालना नहुँदा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको उहाँले बताउनुभयो । उपत्यकाभित्र बढेको चहलपहलका कारण सङ्क्रमणको खतरा अझ बढेको उहाँले बताउनुभयो ।

बाहिरी जिल्लाबाट आएपछि दुई हप्ता अनिवार्य होम क्वरेण्टीनमा बस्न भनिए पनि त्यसको पालना नभएको उहाँले बताउनुभयो । यस्तै उहाँले उपत्यकाका अस्पतालका शय्या लगभग भरिसकेकाले अति आवश्यक नपरि अस्पताल नजान आग्रह गर्नुभयो । समस्या परिहाले टोल फ्री नम्बर ११३३ र मोबाइल नम्बर ९८५१२५५८३७ तथा ९८५१२५५८३९ सम्पर्क गर्न पनि उहाँको आग्रह छ ।

यसैगरी उहाँले सकेसम्म चाडपर्व घरभित्रै बसेर मनाउन आग्रह गर्नुभयो । दशैँमा सार्वजनिक ठाउँमा पिङ नहाल्न पनि सरकारको आग्रह छ । सार्वजनिक ठाउँमा हालिएका पिङ धेरैले प्रयोग गर्ने भएकाले सङ्क्रमणको जोखिम बढ्ने भन्दै पिङ नहाल्न स्वास्थ्य मन्त्रालयले आग्रह गरेको छ ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा दुई हजार पाँच सय जनासहित देशभर चार हजार तीन सय ६४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा बाढी : चीनबाट तेस्रो खेप राहत सामग्री नेपाल आइपुग्यो (फोटो)

बाढीपीडितका लागि रास्वपाले ५० लाख सहयोग गर्ने

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu