ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटका एसपी शाहलाई कोरोना संक्रमण


एबीसी न्यूज
१८ कार्तिक २०७७, मंगलबार   ६ : ३६   बजे

रौतहट, १८ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरिक्षक सिद्धिबिक्रम साहलाई कोरोना संक्रमण भएको छ । कोभिड १९ संग मिल्दोजुल्दो लक्षण देखिएपछि पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ देखिएको हो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी भरत श्रेष्ठका अनुसार प्रहरी उपरिक्षक साहलाई रुघाखोकीसँगै ज्वरो देखिएको थियो । शुरुमा रुघाखोकी र त्यसपछि ज्वरो देखिएको तर हाल भने ज्वरो ठिक भएको उहाँले बताउनुभयो ।

पिसिआर परीक्षण गर्दा कोरोना रिपोर्ट पोजेटिभ आएसंगै साह सेल्फ आईसोलेसनमा बस्नुभएको उहाँले जानकारी दिनुभयो । पछिल्लो समय रौतहटमा कोरोना संक्रमणको दर बढ्दै गएको छ । एक सातामा १ सय ८९ जनाको स्वाब परीक्षण गरिएकोमा १ सय जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला अस्पताल गौरले जनाएको छ ।

बन्दाबन्दी खुलेपछि रौतहटमा सार्वजनिक यातायात र विद्यालय पनि खुलेका छन् । बजार, कार्यालय, व्यापार पहिलेकै अवस्थामा झैं सञ्चालनमा आएका छन् तर सुरक्षाको उपाय भने शून्य छ । जिल्लामा स्थानीयवासीहरुले मास्क लगाउने र भौतिक दुरी तथा स्वास्थ्य सचेतनामा ध्यान दिन छाडेका छन् । बजारहरुमा बढी भिडभाड हुनु र व्यक्तिगत दुरी कायम नहुनुले कोरोनाको जोखिम झनै बढेको चिकित्सकहरु बताउँछन्। पछिल्लो समय स्थानीयसँगै जिल्लाका सुरक्षा अधिकारीहरु, जनप्रतिनिधि र कार्यालयका कर्मचारीहरु संक्रमित हुने क्रम बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group