ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमसीसीलाई बीआरआई काउन्टर गर्ने औजार बनाए चीनले विरोध गर्छ – चिनियाँ प्रोफेसर


एबीसी न्यूज
२० कार्तिक २०७७, बिहिबार   ७ : १२   बजे

 

काठमाडौं २० कात्तिक,। चीनले एमसीसीको सशक्त विरोध गर्ने बताएको छ । चीनको  नेपाल अध्ययन केन्द्र निर्देशक एवं प्रोफसर जाङ सुविनले अमेरिकाले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई चीनको बेल्ट एण्ड रोड इनिसिएटिभ (बीआरआई) लाई काउन्टर गर्ने हतियार बनाए चीनले एमसीसीको सशक्त विरोध गर्ने बताउनु भएको हो ।
एसियन इन्टिच्युट अफ डिप्लोमेसी एण्ड इन्टरनेसनल रिलेसनले आयोजना गरेको नेपाल–भारत–चीन सहकार्य सम्बन्धी एक वेबिनारमा बोल्दै उहाले नेपाल सरकार र नेपाली जनताले राष्ट्रिय हितलाई केन्द्रमा राखेर बुद्धिमतापूर्वक निर्णय लिने अपेक्षा आफूहरुले गरेको बताउनुभयो ।

उहाले विरोधका लागि मात्र विरोध गर्न नहुने भन्दै अमेरिका, चीन र भारतका लागि नेपाल विन विन सहकार्यको प्लेटफर्म हुनुपर्ने र यो नै नेपालका लागि राम्रो हुने धारणा ब्यक्त गर्र्नुभयो । उहाँले भन्नुभयो , ‘यदी अमेरिकाले वास्तवमा नै एमसीसीमार्फत नेपालको पूर्वाधार निर्माणमा सहयोग गर्न चाहेको हो भने नेपालका साथीहरुको एमसीसीले नेपालको सार्वभौमसत्ता र आर्थिक विकासमा पार्न सक्ने असरसम्बन्धी चिन्तालाई सम्वोधन गर्नका लागि यसलाई आवश्यक संशोधन गर्दा सजिलो हुन्छ । उहाले नेपालले कुनै सम्भावित हानी नगर्ने सबै मुलुकको आर्थिक सहयोगबाट फाइदा लिने विश्वास समेत व्यक्त गर्नुभयो ।

उहाले भन्नुभयो , ‘तपाईंहरुलाई लाग्छ, एमसीसी तपाईहरुका लागि राम्रो छ, यसलाई स्वीकार गर्नुस्, राम्रो छैन भन्ने लाग्छ भने कुनै हिच्किचाहटविना अस्वीकार गर्नुस् । मलाई लाग्छ, यस सम्बन्धमा श्रीलंकाले नेपालका लागि एउटा उदाहरण पेश गरेको छ ।’

कार्यक्रममा बोल्दै अमेरिकाको हावर्ड विश्वविद्यालय अन्तर्गतको हावर्ड एसिया सेन्टरका अनुसन्धानकर्ता अनु अनवरले नेपाललाई सबैभन्दा पहिला आफ्नो राष्ट्रिय लक्ष्य पहिल्याएर भारत र चीन दुवैसँग सहकार्य गर्न सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘भारत र चीनका वीचमा नेपाल रहेको छ । विश्वमा हेर्ने हो भने साना मुलुकहले पनि राम्रो आर्थिक विकास गरेर शक्ति आर्जन गरेका छन् । उदाहरणका लागि बेल्जियम र सिंगापुरलाई हेर्न सकिन्छ ।’

उहाले दक्षिण एसियाका साना मुलुकहरुले ग्रेट पावरसँग प्रतिस्पर्धा नगरी आर्थिक विकासका लागि सहकार्य गर्नुपर्ने बताउनुभयो । साथै उहाले दक्षिण एसियामा अमेरिकाले इन्डोप्यासेफिक रणनीतिअन्तर्गत विभिन्न भूमिका खेलको तर दक्षिण एसियाको विकासका लागि योगदान गर्न सक्ने गरी नआएको समेत बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

क्वार्टरफाइनलमा को–को पुग्लान्? एआई, सुपरकम्प्युटर र फुटबल विश्लेषकका आधारमा सम्भावित अन्तिम–८ को चित्र

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu