ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कम्युनिस्ट नेतृत्वको सरकारले अस्थिरता र भ्रष्टाचारबाहेक केही दिन सकेन – कांग्रेसका नेता सिंह


एबीसी न्यूज
२४ कार्तिक २०७७, सोमबार   २ : २०   बजे

काठमाडौ, २४ कात्तिक ।   नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले कम्युनिस्ट नेतृत्वको सरकारले देशमा जहिले पनि अस्थिरता र भ्रष्टाचारलाई मात्रै प्रश्रय दिएको बताउनुभएको छ । पहिलो संविधान सभादेखि अहिलेसम्म कम्युनिस्टहरूले नागरिकबाट अत्यधिक मत पाएको तर सत्तामा पुगेपछि अस्थिरता र भ्रष्टाचारबाहेक केही पनि दिन नसकेको बताउनुभयो ।

गणेशमान सिंहको १०६ औँ जन्मजयन्तीको अवसरमा गणेशमान सिंह फाउण्डेशनले काठमाण्डौमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता सिंहले अहिले पनि झण्डै दुई तिहाइको बहुमत पाएको नेपाल कम्युनिस्ट पार्टीको सरकारले नागरिकलाई अस्थिरता र भ्रष्टाचार मात्रै दिएको बताउनुभयो । पहिलो संविधान सभामा नागरिकले म्यान्डेड दिए पनि संविधान जारी नगरि भङ्ग गरेको र अहिले पनि संविधानको कार्यान्वयन गर्न दिएको म्यान्डेड विपरीत अस्थिरता र भ्रष्टाचारलाई बढवा दिएको उहाँको भनाइ छ ।

बालुवाटारको ललिता निवास जग्गा प्रकरण, सेक्युरिटी प्रिन्टिङ प्रेस काण्ड, वाइडबडी न्यारोबडी काण्ड बाहिर आउँदासमेत सरकारले कसैलाई कारबाही नगरेको नेता सिंहले बताउनुभयो । प्रधानमन्त्रीले आफू पनि भ्रष्टाचार गर्दिनँ र अरुलाई पनि गर्न दिन्नँ भन्ने तर आफ्नै पार्टीका नेताहरु संलग्न भएका घोटलाहरूमा उहाँले नै संरक्षण गर्ने काम गरिराखेको बताउनुभयो ।

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकारले गर्नुपर्ने न्यूनतम कामसमेत गर्न नसकेको उहाँले बताउनुभयो । कोरोनाका कारण उत्पन्न पछिल्लो परिस्थितिमा नागरिकलाई राहत दिनुपर्नेमा सरकारले औषधि र उपकरण खरिदमा घोटला गरेको उहाँले बताउनुभयो । सरकारले कोरोना महामारी रोकथाममा न्यूनतम काम पनि नगर्ने र पछिल्लो समय हामी गर्न सक्दैनौँ भन्दै पछि हटेकोसमेत बताउनुभयो । सरकारले कोरोना रोकथामको लागि न्यूनतम कामसमेत गर्न नसक्दा नागरिक दुःखी भएको पनि नेता सिंहले बताउनुभयो ।

सरकारले सङ्घीयताको भावना विपरीत एकपछि अर्को काम गरिराखेको आरोपसमेत नेता सिंहले लगाउनुभएको छ । संविधानले देशमा तीन तहको सरकारको व्यवस्था गरे पनि प्रधानमन्त्रीले सङ्घीय सरकारकै इकाइको रुपमा प्रदेश र पालिकालाई लिएको उहाँले बताउनुभयो ।

यस्तै नेता सिंहले नेपाली कांग्रेसभित्र पनि अप्रजातान्त्रिक गतिविधि बढेको बताउनुभएको छ । पार्टीभित्र देखा परेका अप्रजातान्त्रिक गतिविधि सुधार गर्नको लागि पनि तोकिएको मितिमा नै महाधिवेशन गर्नुपर्ने उहाँले बताउनुभयो । चार वर्षमा हुनुपर्ने महाधिवेशन एक वर्ष समय थप हुँदा पनि हुन नसक्ने स्थितिमा आएको भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।

महाधिवेशन गर्नका लागि गर्नुपर्ने तयारी केही पनि नगरिएको उहाँले बताउनुभयो । यस्तै प्रजातान्त्रिक पार्टीभित्र अप्रजातान्त्रिक विधिबाट गठन भएका सबै विभागहरु खारेज हुनुपर्ने माग उहाँको छ ।

नेपाली नागरिकले गणेशमान सिंह जस्तै चरित्रवान्, स्वच्छ छवि भएका राजनीतिज्ञको चाहना गरेको उल्लेख गर्दै अहिलेका नेताहरू पनि सच्चिनुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu