ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रौतहटमा युवतीको गोली हानी हत्या : प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान


नेपालवाच
२७ कार्तिक २०७७, बिहिबार   १० : ४६   बजे

रौतहट, २७ कात्तिक । रौतहटको माधवनारायण नगरपालिकामा १७ वर्षीया युवतीको सुतिरहेको बेला उनको दायाँ कन्चटमा गोली हानी हत्या भएको छ । माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।
गएराति गोली प्रहार भएको थियो । मृतकी आमा सिता देवी साह राति घरको ढोका खोली शौचालयतर्फ गएको मौका छोप्दै अज्ञात व्यक्ति घरमा प्रवेश गरेर अमृताको टाउकोमा गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

गोलीको आवाज सुनेर आफू शौचालयबाट निस्केर कोठामा जाँदा छोरी छटपटाएको देखेको र केहीबेरमै उनको मृत्यु भएको आमा सिता देवीले बताउनुभयो । सुतिरहेको अवस्थामा विवाहित महिलाको माइतीघरमा हत्या भएको खबर प्राप्त भएपछि प्रहरी घटनास्थलमा पुगेको थियो । महिलाको प्रेम प्रसंगका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । घटनामा संलग्नको पहिचान भइसकेको र अनुसन्धान कार्य अगाडि बढेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डिएसपी भरत श्रेष्ठले बताउनुभयो ।

अमृताको २०७६ फागुन २५ गते सर्लाही विष्णुपुर गाउँपालिकाको मधुवनगोठका सोहन भन्ने रुपेश साहसँग मागी बिहे भएको थियो । तर साउन महिनामा सम्बन्ध विच्छेद भएपछि उनी माइतीघरमा बस्दै आएकी थिइन् । गत वैशाख महिनामा उनका श्रीमान रुपेशमाथि धारिलो चक्कु प्रहार भएको थियो । चक्कु प्रहारबाट गम्भीर घाइते भएका रुपेश तीन महिनाको उपचारपछि निको भएका थिए । त्यसपछि २०७७ साउन २५ गते रुपेश र अमृताबीच जिल्ला अदालत मलंगवाबाट सम्बन्ध विच्छेद भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu