ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा थप ६ कम्पनीका स्यानिटाइजर बिक्रीमा प्रतिबन्ध


एबीसी / संवाददाता
५ मंसिर २०७७, शुक्रबार   १२ : ५६   बजे

काठमाडौं , ५ मंसिर ।   औषधि व्यवस्था विभागले ६ कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाएको छ । विभागले पछिल्लो समय बजार अनुगमनका क्रममा विभिन्न कम्पनीका उत्पादनमा मानव स्वास्थ्यमा हानि पु¥याउने मेथानोल भेटिएपछि बिक्री तथा वितरणमा प्रतिबन्ध लगाएको हो ।

बजारमा बिक्रीवितरणमा रहेको ह्यान्ड स्यानिटाइजरको नमूना सङ्कलन गरी राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा तोकिएको मापदण्ड ‘इन्स्ट्यान्ट ह्याण्ड स्यानिटाइजरसम्बन्धी स्तर २०७६’ विपरीत विषाक्त रसाउन मेथानोल भेटिएपछि उत्पादन तथा बिक्री वितरणमा रोक लगाइएको विभागका महानिर्देशक भरत भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार सीता हर्बल सुनसरीले उत्पादन गरेको ५० मिलिलिटरमा ८० प्रतिशत र पाँच सय मिलिलिटरको स्यानिटाइजरमा ८८ प्रतिशत मेथानोल भेटिएको छ । यसैगरी मकालु जडिबुटी सुनसरी, सुनिमा आयुर्वेद कम्पनी मोरङ, एमके हर्बल ललितपुर र ग्यालेक्सी डेण्टल एण्ड सर्जिकल मोरङले उत्पादन गरेका स्यानिटाइजरमा मेथानोल भेटिएको हो ।

प्रतिबन्ध लगाइएका उद्योग तथा कम्पनीका उत्पादन प्रयोग नगर्न सर्वसाधारणलाई आग्रह गर्दै तत्काल बजारमा बिक्रीवितरणमा रोक लगाउन र बजारबाट फिर्ता लैजान निर्देशन दिइएको छ । यसअघि विभागले गुणस्तरहीन भएकाले भारतीय, चिनियाँ तथा नेपाली उद्योगले उत्पादन गरेका विभिन्न कम्पनीका स्यानिटाइजरमा प्रतिबन्ध लगाइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group