ABC NEWS NEPAL | No.1 News channel of Nepal
१९ भदौ २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काठमाडौंमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही (पत्रसहित)


एबीसी / संवाददाता
१६ मंसिर २०७७, मंगलबार   ४ : १८   बजे

काठमाडौं, १६ मंसिर । काठमाडौंमा भिडभाडजन्य क्रियाकलाप गरे कारबाही हुने भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाण्डौले मङ्गलबार विज्ञप्ति निकालेर भिडभाडजन्य गतिविधि सञ्चालन गर्नेलाई कानुनअनुसार कारबाही गर्ने जनाएको हो ।

काठमाडौंका विभिन्न ठाउँमा सभा, जुलुस, प्रदर्शनजस्ता क्रियाकलाप भइरहेकोले तत्काल यस्ता गतिविधि बन्द गरेर कोरोना सङ्क्रमणको रोकथाममा सहयोग गर्न जिल्ला प्रशासनले आग्रह गरेको छ । आउँदा दिनमा भिडभाडजन्य गतिविधि सञ्चालन गरेको पाइए सङ्क्रामक रोग ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार कारबाही गरिने कार्यलयले निकालेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

विश्व सामु नै चुनौतीको रूपमा रहेको कोरोना सङ्क्रमण काठमाडौंमा तत्काल नियन्त्रण हुने अवस्था नरहेको भन्दै काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले सरकारले तोकेको मापदण्ड पालना गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा राजसंस्था पुनर्स्थापनाका लागि भन्दै प्रदर्शनकारीहरूले आन्दोलन गरिरहेका छन्। यस्तै विभिन्न मागसहित अरु सङ्गठन र अभियन्ताहरूले पनि काठमाडौंको माइतीघरलगायत ठाउँमा विरोध प्रदर्शनलगायतका विरोध कार्यक्रम गर्न सुरु गरेका छन् । यस्ता गतिविधिबाट कोरोना सङ्क्रमण नियन्त्रण गर्न गाह्रो हुने भन्दै सरकारले सजग गराउँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रसुवा र नुवाकोटमा बाढीको उच्च जोखिम, देशका ४० भन्दा बढी जिल्ला पनि जोखिममा

१० दिनपछि त्रिशूली–३ ‘ए’ सुरुङबाट उद्धार भएका दुईजनालाई काठमाडौं ल्याइयो

सम्बन्धित

महान्यायाधिवक्ता नियुक्ति आफ्नो ‘कार्यकारी विशेषाधिकार’ भएको प्रधानमन्त्री बालेनको दाबी

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

पाँचथरमा पाँच वर्षमा बाढी–पहिरोबाट ४८ जनाको मृत्यु, ३७६ परिवार विस्थापित

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

लमजुङमा पहिरोले घर भत्किंदा बाबु-छोरीको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu