ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चालक निदाएका कारण बस दुर्घटना, ५ जना गम्भीर घाइते


एबीसी / संवाददाता
१ पुस २०७७, बुधबार   १० : ०८   बजे


काठमाडौं, १ पुस । गोरखामा बस दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । काठमाडौंबाट आरुघाट गाउँपालिकाको सोतीतर्फ जाँदै गरेको ग १ ख ९४४६ नम्बरको बस भिमसेन थापा गाउँपालिकाको तान्द्राङमा दुर्घटना भएको हो ।

तान्द्राङको मुरलीचोक भन्ने ठाउँ नजिकैबाट बस करिब १ सय फीट तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । दुर्घटनामा ५ जना गम्भीर घाइते भएका छन् ।

घाइते हुनेमा भिमसेनथापा गाउँपालिका–३ का २९ वर्षका उत्तम पुडासैनी, ३० वर्षका मनोज पुडासैनी, २९ वर्षका उज्ज्वल पुडासैनी, धार्चे गाउँपालिका–६ का ५० वर्षका सुरमान घले र केरौंजाकी ३२ वर्षकी कान्छी गुरुङ रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सुरमान र कान्छीको गोरखा अस्पतालमा उपचार भैरहेको छ भने अन्य ३ जनालाई काठमाण्डौ लगिएको प्रहरीले जानकारी दिएको छ । बसमा ३० जना यात्रु रहेका थिए । चालक निदाएका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट जानकारी आएको प्रहरी निरीक्षक धर्म अधिकारीले जानकारी दिनुभयो । चालक सम्पर्कमा आएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu