ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

काम चलाउ सरकारलाई प्रदेश प्रमुख र केन्द्र तोक्ने अधिकार छैन – बाम गठबन्धन


sharan sharan
२६ मंसिर २०७४, मंगलबार   १२ : ३२   बजे

काठमाडौं, २६ मंसिर । वाम गठबन्धनले प्रदेशसभा प्रमुख र अस्थायी राजधानी तोक्ने अधिकार कामचलाउ सरकारलाई नभएको स्पष्ट पारेका छन् । सरकारले प्रमुख र अस्थायी राजधानी तोक्ने तयारी गरिरहेका वेला स्पष्ट बहुमत निकालेका वाम गठबन्धनका दुई दल एमाले र माओवादी केन्द्रले आफुहरुसगको छलफल पछि मात्र त्यस्तो कार्य गर्न सरकारलाई सचेत गराएका हुन् । काम चलाउ सरकारलाई प्रदेश प्रमुखको नियुक्ति र राजधानी तोक्ने तथा मुख्यमन्त्रीको कार्यालय बनाउने विषयमा निर्णय गर्ने कुनै अधिकार नरहेको दुवै दलका नेताले बताएका छन् ।

विजयी जुलुस मनाउने क्रममा गाउँगाउँमा रहेका वाम गठबन्धनका नेताहरूले सरकारले प्रदेश राजधानी तोक्ने विषयमा कुनै छलफल नगरेको र अहिलेको हारेका व्यक्तिहरू सम्मिलित सरकारले गरेका निर्णय आफूले नमान्ने उद्घोष गरेका छन् । इलाममा रहेका पूर्वसभामुख तथा नवनिर्वाचित सांसद एमाले नेता सुवास नेम्बाङले अहिलेको सरकारले यस विषयमा वाम गठबन्धनसँग छलफल नगरेको बताए । कुनैपनि छलफल नै नगरी निर्णय लिने अधिकार सरकारलाई नभएको भन्दै उनले यस विषयमा अब केही दिनमा छलफल गरिने प्रतिक्रिया दिए। ‘राजनीतिक सहमतिविना प्रदेश राजधानी तोक्ने काम अस्वीकार्य छ । यो सरकारले अहिले किन यसो गर्दै छ । महत्वपूर्ण निर्णयमा किन अघि सर्दै छ । आपूmहरूलाई थाहा छैन’ नेम्वाङको भनाइ छ ।
माओवादी केन्द्रकी प्रवक्ता पम्फा भुसालले पनि राजनीतिक सहमतिविना प्रदेशको प्रमुख र राजधानी तोक्ने विषयमा आफ्नो पार्टीलाई केही थाहा नभएको प्रतिक्रिया दिइन ।

‘यो विषयमा मन्त्रिपरिषदमा छलफल भएछ । तपाईंले भनेपछि थाहा पाएँ । यो विषयमा सरकारले अहिले कुनै निर्णय गर्नु हुँदैन, भुसालले बताइन । अहिलेको सरकार आफैँ काम चलाउ बनेको भन्दै भन्दै , ‘यो आफैँ काम चलाउ सरकार हो । त्यसमा पनि प्रधानमन्त्रीबाहेक सबै पराजित भएका मन्त्री छन् जस्तो लाग्छ । त्यसैले प्रदेशको राजधानी तय गर्ने कुरा वाम गठबन्धनसँग छलफल नगरी सम्भव छैन । राजनीतिक सहमति आवश्यक छ ।’ सोमबारको मन्त्रिपरिषद् बैठकमा यसविषयमा छलफल भएको खवर आएपछि बाम गठबन्धनका नेताले प्रतिक्रिया दिएकाहुन् ।

सहरी विकास मन्त्री दिलनाथ गिरीले ७ वटै प्रदेशका अस्थायी राजधानी, प्रदेशसभा सञ्चालन गर्ने स्थलबारे मन्त्रिपरिषद्मा छलफल भएको बताए । गिरीले भने यो, ‘पूर्वाधारका आधारमा प्रदेश नं १ को धनकुटा वा विराटनगर, प्रदेश नं २ को जनकपुर वा वीरगञ्ज, प्रदेश नं ३ को मकवानपुर, धादिङ वा ललितपुर, प्रदेश नं ४ को पोखरा, प्रदेश नं ५ को भैरहवा, बुटवल वा दाङ, प्रदेश नं ६ को सुर्खेत र प्रदेश नं ७ को कञ्चनपुरमा अस्थायी राजधानी तोकेर प्रदेशसभा सञ्चालन गर्ने तयारी रहेको छ ।’ सहर विकास मन्त्रालयका कर्मचारीले पनि प्रदेशसभा बोलाउने वेला भइसक्दा पनि सभा भवन अन्योलमा हुँदा काम गर्न गाह्रो भएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group