ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने– कांग्रेस


एबीसी / संवाददाता
८ पुस २०७७, बुधबार   ६ : ४४   बजे

काठमाडौं, ८ पुस । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने कदम विरुद्ध राजनीतिक प्रतिरोधमा उत्रिने बताउनुभएको छ । नेपाली कांग्रेस पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितीको बैठकको दोश्रो दिन बुधबारको बैठक सकिएपछि  प्रवक्ता शर्माले संसद विघटनको कदमको प्रतिरोध गर्ने बताउनुभएको हो ।

पुष ५ गते संसद विघटनपछि बसेको नेपाली कांग्रेसको पदाधिकारी बैठक र नेपाली कांग्रैसकै संयोजनमा बसेको सर्वदलीय बैठकले संसद विघटनको कदमलाई असंवैधानिक भनी ठहर गरिसकेको स्मरण गराउँदै कांग्रेस सो निर्णयको विरुद्धमा उत्रिने बताउनुभयो । उहाँले बैठकमा केन्द्रीय सदस्यहरुले संसद विघटनको कदमलाई असंवैधानिक, निरंकुशतातर्फ लक्षित र सर्वसत्तावादलाई बढावा दिन खोजेको धारणा राखेको पनि जानकारी दिनुभयो । बैठकले सबै लोकतन्त्रवादी, संविधानको पक्षधर, निरंकुशता र सर्वसत्तावादका बिरोधी सबैलाई संविधानको रक्षा गर्न एकताबद्ध हुन पनि आग्रह गरेको छ ।

बुधबारको बैठकमा रामशरण महत, गगन कुमार थापा, बलबहादुर केसी र आनन्द ढुंगानाले आ आफ्नो धारणा राख्नुभएको थियो । बैठकले पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ । त्यसैगरी सरकारको असंवैधानिक कदमका विरुद्ध कांग्रेसले आन्दोलनको घोषणा गर्ने भएको छ । बैठकले नेपाली कांग्रेसका पूर्व महामन्त्री तथा केन्द्रीय समिति सदस्य कृष्णप्रसाद सिटौला संगै सबै कोरोना संक्रमित पार्टी सदस्य तथा सर्वसाधरणको स्वास्थ्य लाभको कामना गरेको छ । त्यस्तै पुष १६ गते मेलमिलाप दिवस मनाउने निर्णय बैठकले गरेको छ । कांग्रेस केन्द्रीय समिति बैठक भोली दिउँसो १ बजे बस्ने र सरकारको असंवैधानिक कदमका विरुद्ध अन्य आन्दोलनको कार्यक्रम घोषणा हुने नेपाली कांग्रेसले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group