ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कांग्रेस अदालतलाई सम्मान गर्ने पार्टी हो, धम्क्याएर यो निर्णय गर भन्दैन : शेरबहादुर देउवा


एबीसी / संवाददाता
१३ पुस २०७७, सोमबार   ८ : २५   बजे

काठमाडौं, १३ पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधि सभा विघटनसम्बन्धी विषय सर्वोच्च अदालतमा पुगेकाले अदालतको फैसला आफ्नो पार्टीलाई मान्य हुने बताउनुभएको छ ।

सोमबार नेपाली कांग्रेस भक्तपुर क्षेत्र नम्बर २ ले गरेको विरोध सभालाई सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीको प्रतिनिधि सभा विघटनको कदम असंवैधानिक, अलोकतान्त्रिक तथा अप्रजातान्त्रिक कदमको रूपमा पार्टीले ठम्याएको बताउनुभयो । उहाँले प्रतिनिधि सभाको विघटनको विरोधमा देशभर प्रदर्शन गरिए पनि अदालतले गर्ने निर्णय स्वीकार गर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, ‘यो मुद्दा अदालतमा छ । हाम्रो पार्टी अदालतको निर्णय मान्ने पार्टी हो । हाम्रो पार्टीले सधैँ अदालतलाई सम्मान गरेको छ । अदालतलाई धम्क्याएर यो निर्णय गर, तर्साएर अदालतलाई निर्णय गर्ने काम कहिल्यै गर्दैनौँ । हाम्रो इच्छा विरुद्ध होस् कि इच्छाअनुसार होस् । अदालतको निर्णय स्वीकार गर्छौँ । अदालतलाई कुनै पनि किसिमको हस्तक्षेप, धम्क्याउने, तर्साउने हामी गर्दैनौँ । अदालतलाई स्वविवेकले निर्णय गर्ने अधिकार छ । अदालतको निर्णय पर्खन्छौँ ।’

सरकारको अप्रजातान्त्रिक कदमविरुद्ध पार्टी एक्लैले विरोध प्रदर्शन गर्ने सभापति देउवाको भनाइ छ । कांग्रेसले निरन्तर विरोधको कार्यक्रम गर्ने र विरोधको आगामी कार्यक्रम केन्द्रीय कमिटी बैठक बसेर बनाउने पनि उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu