ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभाको १६५ सिटमा निर्वाचित महिला सांसद जम्मा ६ जना


admin
२७ मंसिर २०७४, बुधबार   ३ : २४   बजे

काठमाडौं, २७ मंसिर । देशमा सम्पन्न भएको स्थानीय तहको निर्वाचन होस् या प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन । यी ऐतिहासिक निर्वाचनमा प्रत्यक्षतर्फको उम्मेदवारीमा महिलाको संख्या कम नै रह्यो । प्रमुख राजनीतिक दल लगायत सबै दलका अधिकांश महिला उम्मेदवारहरु समानुपातिकमा नै सीमित रहे । प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्ष तर्फको मतगणना सम्पन्न भईसक्दा प्रतिनिधिसभा सदस्यमा महिलाहरुको संख्या भने जम्मा ६ मात्र रहेको छ ।

प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षबाट निर्वाचित १ सय ६५ र समानुपातिकबाट १ सय १० गरी प्रतिनिधिसभामा २ सय ७५ सदस्य रहनेछ । यस्तै, राष्ट्रियसभा ५९ सदस्यीय हुनेछ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको कुल ३ सय ३४ सिटमध्ये ३३ प्रतिशतको आधारमा महिलाले १ सय १० सिट पाउनुपर्दछ । संविधानका अनुसार ७ ओटा प्रदेशबाट एकल संक्रमणीय मतका आधारमा कम्तीमा ३÷३ महिला राष्ट्रिय सभामा आउँदा महिलाको संख्या २१ हुनेछ । त्यस्तै राष्ट्रपतिबाट मनोनित हुने ३ सदस्य मध्ये १ महिला अनिर्वाय हुनेछन् । यसर्थ, महिलाको संख्या २२ पुग्ने आधार संविधानतः  हो । तर, देशैभरको अन्तिम मतपरिणाम अनुसार प्रत्यक्षतर्फ महिलाहरुको संख्या ६ मात्र पुगेको छ । संसदमा ३३ प्रतिशत महिलाका लागि अब थप ८२ जना महिलाको आवश्यकता पर्दछ । प्रतिनिधिसभा सदस्यमा एकदमै न्यून महिला विजयी भएका छन् । देशका प्रमुख राजनीतिक दल लगायत सबै जसो दलले प्रतिनिधिसभातर्फ कम महिला उम्मेदवार खडा गरेका कारण पनि नतिजा यस्तो आएको आंकलन गर्न सकिन्छ । विभिन्न राजनीतिक दल ३३ प्रतिशत महिला संसदमा पु¥याउन कै लागि समानुपातिकबाट ल्याइने पनि बताईरहेका छन् ।

प्रतिनिधिसभा सदस्यमा १ सय ६५ सिटको नतिजा सार्वजनिक भईसक्दा माओवादी केन्द्रबाट ३, एमालेबाट २ र राष्ट्रिय जनमोर्चाबाट १ गरी जम्मा ६ जना महिला विजयी भएका हुन् । माओवादी केन्द्रबाट कन्चनपूर प्रतिनिसभा क्षेत्र नम्बर १ का उम्मेदवार बिना मगर, ललितपूर प्रतिनिधिसभा क्षेत्र नम्बर ३ बाट पम्फा भुषाल र रुकुमपूर्व प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट कमला रोका विजयी भएका हुन् । कन्चनपुर १ बाट ३८ हजार ४ सय ६७ मतसहित बिना मगर विजयी भएकी हुन् ।

मगरका निकटतम प्रतिस्पर्धी नेपाली काँगे्रसका दिवानसिंह विष्टले १९ हजार २ सय १९ मत प्राप्त गरेका थिए । ललितपूर ३ मा माओवादी केन्द्रका उम्मेदवार पम्फा भुषालले २४ हजार ३६ मतका साथ विजय भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका मदनबाहदुर अमात्यले २२ हजार ३ सय २८ मत प्राप्त गरी पराजित भएका हुन् । माओवादी केन्द्रबाट प्रतिनिधिसभा सदस्यतर्फ विजयी अर्का महिला कमला रोकाले १० हजार ४ सय ३४ मत प्राप्त गरेकी हुन् । निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका हरिशंकर घर्ती मगरभन्दा दोब्बर बढी मतले रोका विजयी भएका हुन् । लोकतान्त्रिक गठबन्धनका उम्मेदवार हरिशंकर घर्ती मगरले ४ हजार ४ सय ६ मत प्राप्त गरेका हुन् । त्यसै गरी नेकपा एमालेबाट प्रतिनिधिसभा सदस्यमा विजयी महिला उम्मेदवार पवित्रा निरौला खरेल ४५ हजार ८ सय १७ मत प्राप्त गरेकी थिइन् । उनका निकटतम प्रतिद्धन्द्धी नेपाली काँग्रेसका उद्धव थापाले ३२ हजार ५० मत प्राप्त गरि पराजित भएका हुन् । एमालेकै प्रतिनिधिसभा तर्फबाट उम्मेदवार बनेका अर्का पद्मा कुमारी अर्याल ३५ हजार १ सय ४१ मतसहित विजयी भएका छन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोपालमान श्रोष्ठले ३१ हजार ४ सय ३६ मत प्राप्त गरेका हुन् ।

प्यूठान प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय जनमोर्चाबाट विजयी महिला उम्मेदवार दुर्गा पौडेल हुन् । उनी ४७ हजार ५ सय १४ मतका साथ विजयी भएकी हुन् । उनका निकटतम प्रतिस्पर्धी नेपाली काँग्रेसका गोविन्दराज पोखरेलले ३१ हजार २ सय ८६ मत प्राप्त गरेका छन् ।

मंसिर १० गते भएको निर्वाचनमा प्रतिनिधिसभाको ३७ सिटमा कांग्रेसले २ र माओवादी केन्द्रले १ स्थानमा मात्रै महिला उम्मेदवार बनाएका थियो। कांग्रेसले खोटाङमा सरस्वती बजिमय र बागलुङबाट चम्पादेवी खड्कालाई उम्मेदवार बनाएको थियो भने माओवादी केन्द्रले रुकुम पूर्वबाट कमला रोकालाई उम्मेदवार बनाएको थियो ।

मंसिर २१ गते भएको दोस्रो चरणको निर्वाचनमा तुलनात्मरुपमा यो सङख्यामा वृद्धि भएको थियो । मुख्यपार्टिबाट प्रतिनिधिसभा र प्रदेससभाको लागि जम्मा ३६ महिला चुनावी मैदानमा होमिएका थिए । दोस्रो चरणको चुनावमा वाम गठबन्धनले प्रतिनिधिसभामा ९ महिला उम्मेदवार बनाएको थियो। कांग्रेसको लोकतान्त्रिक गठबन्धनले ६ जना महिला उम्मेदवार बनाएको थियो भने मधेसवादी दलको गठबन्धनबाट प्रतिनिधिसभामा एकजना पनि उम्मेदवार थिएनन् ।

र, अब भनिरहनु नपर्ला प्रत्यक्ष उमेद्वारी दर्ता नै कम भएपछि जित्ने मौका त परको कुरा भयो । संविधानले जारी गरे अनुसार ३३ प्रतिशत महिलाको सिट सङख्या पुर्याउन अब समानुपातिक बाट यसको भरपाई गरिने छ । आखिर अधिकारको लेखाजोखा गर्ने ठाउँमा जसरी पनि महिलाको आवाज र सङख्या पुगे त भइहाल्यो भन्ने पनि होला, वा प्रत्यक्षबाट महिलालाई कम उमेदवारी दिएर समानुपातीकबाट यसको भरपाई गरि सन्तुलनमा सांसद सङख्या पुर्याउला भन्ने पनि होला र हुनसक्छ तार्किक रुपमा यो आफ्नै ठाउँमा सहि पनि होला, तर गौर गर्नुपर्ने प्रश्न यो छ कि कहिले सम्म महिलाले जन्मदै महिला भएको कारणले मात्र सम्मान र अधिकार पाउने हो । कहिले सम्म महिलाले क्षमताको भरमा नभई कोटा र आरक्षणको भरमा मात्र उपस्थिती जनाउनु पर्ने हो । अन्त्यमा निर्वाचित महिला संसदलाई बधाई र कार्याकालको शुभकामना ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

इरानी राष्ट्रपति पेजेस्कियान पाकिस्तान भ्रमणमाः द्विपक्षीय र क्षेत्रीय मुद्दामा छलफल हुने

नेपालिज सोसाइटी सिंगापुरको अध्यक्षमा इन्द्र गुरुङ

पहिलो हाफमा कोलम्बियाको अग्रता

चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ

विश्वकप फुटबल : उरुग्वे र साउदी अरब, स्पेन र केप भर्डे तथा बेल्जियम र इजिप्टले बराबरी खेले

एमालेभित्र अहिले कुनै मत–मतान्तर छैनः महासचिव पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group