ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्मला काण्डमा हटाइएका एसपी डिल्ली विष्टको पुनर्वहाली


एबीसी / संवाददाता
१६ पुस २०७७, बिहिबार   ८ : ४४   बजे

काठमाडौं, १६ पुस ।  कञ्चनपुरकी बालिका निर्मला पन्तको बलात्कारपछि हत्या घटनाको अनुसन्धानमा लापरबाही गरेको आरोपमा सेवाबाट हटाइएका एसपी डिल्लीराज विष्टको पुनर्बहाली भएको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई पुनर्बहाली गर्ने निर्णय गरेको हो । ८ कात्तिक ०७५ मा गृह मन्त्रालयले एसपी विष्ट र इन्स्पेक्टर जगदीश भट्टलाई भविष्यमा सरकारी सेवामा अयोग्य नहुने गरी सेवाबाट हटाउने निर्णय गरेको थियो । प्रहरी नियमावलीमा भएको प्रावधानअनुसार विष्टले सो निर्णयविरुद्ध मन्त्रिपरिषद्मा पुनरावेदन दिएका थिए ।

त्यसकै आधारमा गृह मन्त्रालयको निर्णय उल्ट्याउँदै उनलाई पुनर्बहालीको निर्णय भएको एक मन्त्रीले बताए । एसपी विष्टलाई सेवाबाट हटाउँदा मुख्य तीन आरोप लगाइएको थियो ।निर्मला हराएपछि खोजी गर्न चासो नदिएको, शव भेटिएपछि घटनास्थलको सुरक्षा नगरी प्रमाण मेटाएको र नक्कली अभियुक्त खडा गरेको ।

पछि गरिएका छानबिनमा यी आरोप पुष्टि हुन सकेनन् ।सुरुमा पीडितलाई प्रहरीबाट राम्रो व्यवहार नभए पनि नियोजित रूपमा प्रमाण मेटाएको आधार भेटिएको थिएन । नक्कली अभियुक्त खडा गरिएको आरोप पनि पछि प्रहरीकै छानबिनमा गलत ठहरिएको थियो । एसपी विष्टले नै पक्राउ गरेका स्थानीय दिलीपसिंह विष्ट अहिले पनि अपराधको सबैभन्दा नजिक छन् । अनुसन्धानमा पनि बदनियत नदेखिएपछि उनलाई पुनर्बहाली गर्ने निर्णय गरिएको ती मन्त्रीले बताए ।

‘त्यतिवेला पनि प्रहरी नेतृत्व र गृह प्रशासनले प्रमाणभन्दा भिडको निर्देशनका आधारमा त्यस्तो निर्णय गरेको थियो,’ एक उच्च प्रहरी अधिकारीले भने, ‘गृह र प्रहरी नेतृत्वको गलत निर्णयकै कारण यो घटनामा प्रहरी बदनाम भएको हो ।’
विष्टसँगै सेवाबाट हटाइएका इन्स्पेक्टरको भट्टको हकमा भने निर्णय भएको छैन । उनी स्थानीय वडा प्रहरी कार्यालयको इन्चार्ज थिए । निर्मला हराएको दिन बेलुका उनका परिवारले खोजी गर्न आग्रह गर्दा उनले चासो नदिएको र बेलुका साथीहरूसँग मदिरा पिएर बसेको छानबिनमा खुलेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu