ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कुशल नेतृत्वले समाजवादसम्म पुग्न सकिन्छ : गृहमन्त्री थापा


एबीसी / संवाददाता
२० पुस २०७७, सोमबार   ६ : १२   बजे

काठमाडौं, २० पुस । गृहमन्त्री रामबहादुर थापाले उपयुक्त नीति, कार्यक्रम र कुशल नेतृत्वले नै समाजवादसम्म पु¥याउन सक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) चितवनले आज यहाँ आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्नुहुँदै उहाँले अहिले देश समाजवादोन्मुख रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “हामी समाजवाद निर्माणको चरणमा आइपुगेका छौँ, त्यसैले उपयुक्त नीति र नेतृत्व आवश्यक छ ।” हरेक परिवर्तनका लागि नीति र नेतृत्व आवश्यक रहेको भन्दै उहाँले भन्नुभयो, “उपयुक्त नेतृत्व कुन भन्ने विषयका उत्तर दिन हामी यहाँ भेला भएका हौँ ।” उहाँले भन्नुभयो, “प्रधानमन्त्री बन्न जनताको र पार्टी अध्यक्ष बन्न कार्यकर्ता कहाँ जानुपर्छ । जसको नीति र नेतृत्व राम्रो छ जनताले उसैलाई प्रधानमन्त्री बनाउने बताउनुभयो । जनता कहाँ गएर नयाँ निर्वाचनमार्फत प्रधानमन्त्री बन्ने मौका दिएका छौँ ।”

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलले लोकतन्त्रमा जनताको माझमा जाने काम तानाशाही नहुने बताउनुभयो । प्रधानमन्त्री केपी ओलीलाई सुशासन विरोधी भन्न नमिल्ने बताउँदै उहाँले प्रश्न गर्नुभयो, “जसले देशलाई जातीय रुपमा विभाजन गर्न हुँदैन भन्यो, भारतीय नाकाबन्दीको सामना गर्दै विकास निर्माणका नयाँ योजना लिएर अगाडि बढ्यो, त्यो मानिस कसरी सुशासन विरोधी हुन्छ ?” देशमा दण्डहीनता नियन्त्रण गर्दै सामाजिक विकास र पूर्वाधार निर्माणमा आफूलाई समर्पण गर्ने नेता कहिल्यै सुशासन विरोधी हुन नसक्ने उहाँको भनाइ थियो ।

सो अवसरमा नेकपाका केन्द्रीय सदस्य काशीनाथ अधिकारी, आनन्द पोखरेल, प्रधानमन्त्रीका जनसम्पर्क सल्लाहकार सीता पौडेल, प्रदेशसभा सदस्य कृष्णप्रसाद भूर्तेल, नारायण अधिकारीलगायतले प्रधानमन्त्री केपी ओलीको कदमको स्वागत गर्दै निर्वाचनको तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu