ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पार्टी एकतालाई कमजोर पार्नेलाई जनताले माफी दिँदैन: उपप्रधानमन्त्री पोखरेल


एबीसी / संवाददाता
२१ पुस २०७७, मंगलबार   ८ : ४८   बजे

काठमाडौं, २१ पुस ।  उपप्रधानमन्त्री ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकतालाई कमजोर पार्नेलाई जनताले कहिल्यै माफी नदिने बताउनुभएको छ । नेकपा धनुषाद्वारा आज जनकपुरधामको मिथिला भवन परिसरमा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेकपा सचिवालय सदस्य पोखरेलले पार्टी एकता कमजोर गर्ने काम स्वीकारयोग्य हुन नसक्ने धारणा राख्नुभयो ।
उपप्रधानमन्त्री पोखरेलले भन्नुभयो, “पार्टी एकता प्राणभन्दा पनि प्यारो छ, म अन्तिम क्षणसम्म पनि पार्टी एकताकै पक्षमा दृढ रहनेछु ।”उहाँले जनता विभाजनका पक्षमा नरहेकाले पार्टी एकताविरुद्ध लाग्ने तथा पार्टी र सरकारलाई गतिहीन बनाउन आकाङ्क्षा राख्नेलाई जनताले दृढताका साथ सामना गर्ने विश्वास व्यक्त गर्नुभयो ।

सो अवसरमा पार्टी स्थायी कमिटी सदस्य रघुवीर महासेठले प्रधानमन्त्री केपी शर्मा ओलीले देश र जनताको आवश्यकताको मर्मअनुरूप प्रतिनिधिसभा विघटन गर्नुभएको बताउनुभयो । शहरी विकासमन्त्री प्रभु साहले विद्यमान अवस्थाप्रति जिम्मेवार भई सत्यको बाटामा लाग्न आवश्यक छ भन्नुभयो । कानून, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्रीले देशलाई आधुनिक युगमा प्रवेश गराएको विचार राख्नुभयो । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले पार्टीविरुद्ध भ्रमको खेती गर्नेप्रति सजग रहन आग्रह गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

विश्वकप २०२६ : फ्रान्सको प्रभावशाली जित, स्पेन समूह विजेता, बेल्जियम शीर्ष स्थानमा, इजिप्ट अन्तिम ३२ मा

अन्तिम क्षणमा भिडियो सहायक रेफ्रीले तोड्यो इरानको सपना, इजिप्ट बराबरीसँगै अन्तिम ३२ मा, बेल्जियम समूह विजेता

डेम्बेलेको ३२ मिनेटमै ह्याट्रिक, नर्वेमाथि फ्रान्सको ४–१ को शानदार जित; विश्वकप उपाधिको प्रमुख दाबेदारको रूपमा बलियो सन्देश

सेनेगलको शानदार पुनरागमन : इराकलाई ५–० ले हराउँदै नकआउट सम्भावना जीवित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu