ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णाली प्रदेशका उद्योगमन्त्रीले पनि रोजे प्रचण्ड–नेपाल समूह : मन्त्रीमण्डलमा ओली समूहको प्रतिनिधित्व शून्य


एबीसी / संवाददाता
२१ पुस २०७७, मंगलबार   ८ : ५५   बजे

काठमाडौं, २१ पुस ।  कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले आफूले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गर्नुभएको छ ।  मंगलबार विज्ञप्ति जारी गर्दै मन्त्री बुढाले आफू उक्त समूहमा आवद्ध रहेको जानकारी गराउनु भएको हो। आईतबार नै उहाले प्रचण्ड–नेपाल रोजेको दावी नेकपा कर्णाली प्रदेशको संसदीय दलले गरे पनि बुढा स्वयंले आधिकारिक जानकारी गराउनु भएको थिएन। आईतबार ओली समूहमा रहेका सामाजिक विकास मन्त्री दल रावल र सांसद् पदम रोकायाले प्रचण्ड–नेपाल समूह रोजेको घोषणा गर्नुभएको छ । ‘नेपाली कम्युनिष्ट आन्दोलनलाई सफल र एकीकृत बनाउन म एक जिम्मेवार कार्यकर्ताको रुपमा भूमिका निभाउन र कर्णाली प्रदेश सरकारलाई स्थिरता प्रदान गर्न भूमिका खेल्नुपर्ने परिवेशमा मैंले अध्यक्ष कमरेड पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपालको नेतृत्वमा रहेको हाम्रो गौरवशाली नेकपामा नै रहेको जानकारी गराउन चाहन्छु,’ मन्त्री बुढाले विज्ञप्तीमार्फत भन्नुभएको छ । मन्त्री बुढाले पनि प्रचण्ड–नेपाल समूह रोजेसँगै कर्णाली प्रदेशको मन्त्रिमण्डलमा ओली समूहको प्रतिनिधित्व शून्य भएको छ। कर्णाली प्रदेशका ६ जना मन्त्री नै अब प्रचण्ड–नेपाल समूहका भएका छन्।

पूर्वमाओवादी तर्फबाट मुख्यमन्त्री महेन्द्र बहादुर शाही, आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारी र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला केसी छन्। ओली समूहका भनिएका पूर्व एमालेको कोटाबाट मन्त्री बनेका सामाजिक विकास मन्त्री दल रावल, उद्योग मन्त्री नन्दसिंह बुढाले यो समूह रोजेका छन्। आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वाला अघिदेखि नै प्रचण्ड–नेपाल समूहमा थिए। यो समूहमा उपसभामुख पुष्पा घर्ती पनि रहनु भएको छ । प्रचण्ड–नेपाल समूह बलियो बनेसँगै कर्णालीमा ओली समूह अल्पमतमा परेको छ। प्रचण्ड–नेपाल समूहमा अब २२ जना सांसद् छन्। ओली समूहमा १० जना सांसद् (सभामुखबाहेक) मात्र छन्। कर्णाली प्रदेशसभामा रहेको ३३ जना सांसदमध्ये ६ जना प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका छन्। राप्रपाका एक जना सांसद् छन्।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रघाती ः नेकपा नेता श्रेष्ठ, भिडियो

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

सम्बन्धित

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

रास्वपा महाधिवेशनमा कम सहभागिता : १३ सय ५२ प्रतिनिधिले मतदान गरेनन्, व्यवस्थापनमाथि प्रश्न

रास्वपा महाधिवेशनको दोस्रो चरण आज : उपसभापति, महामन्त्री र सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै

विष्णु पौडेलको बन्दीप्रत्यक्षीकरण रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

रास्वपामा भद्रगोल : ‘नयाँ राजनीति’ को दाबीमाथि आफ्नै कार्यकर्ताको प्रश्न, मतदान प्रक्रियामै व्यापक असन्तुष्टि

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group