ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इटहरीलाई कर्मथलो बनाएका संगीतज्ञ राम धामी रहेनन्


एबीसी / संवाददाता
२७ पुस २०७७, सोमबार   ३ : १९   बजे

काठमाडौं, २७ पुस । वरिष्ठ संगीतकार तथा गायक राम धामीको निधन भएको छ । संगीतकार धामीको ५५ वर्षको उमेरमा धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा आइतबार साँझ निधन भएको हो । सुरुमा कोेरोना संक्रमण भएर अस्पताल भर्ना भएका धामीलाई पछि निमोनियासमेत देखिएपछि आईसीयुमा राखेर उपचार गरिएको थियो । पा“च दिनअघि नै कोरोनाको रिपोर्ट नेगेटिभ आए पनि निमोनियाका कारण स्वास्थ्यमा थप समस्या आएको थियो ।

इटहरीस्थित संगीत साधना प्रतिष्ठानका अध्यक्ष तथा नेपाल संगीत तथा नाट्य प्रतिष्ठानका प्राज्ञसमेत रहेका धामी मोफसलमै बसेर संगीत सिर्जना र प्रशिक्षणमा लागिपरेका थिए । थारु भाषाका अब्बल गायकसमेत मानिने धामीले संगीत शिक्षा दिएका गायक-गायिका नेपाली संगीत क्षेत्रमा छाइरहेका छन् । ‘राम धामीको निधनले इटहरीलगायत समग्र पूर्वको संगीत क्षेत्रमा नै ठूलो क्षति पुगेको छ ।’

गायक विक्रम धमलाले भने, ‘यस क्षेत्रले एक जना सांगीतिक अभिभावक गुमाएको छ, यसको परिपूर्ति हुन निकै गाह्रो हुन्छ ।’ धामीले संगीत सिर्जना गरेका गीतमा राजेशपायल राई, स्वरुपराज आचार्य, आभा मुकारुङ लगायत दर्जनौ गायक-गायिकाले स्वर दिएका छन् । उनका ‘जिन्दगी तँ जस्तो छस्’, ‘अँधेरीमा जूनका कुरा’ लगायत गीत लोकप्रिय छन् । संगीतकार धामीको पार्थिव शरीरलाई विहान संगीत साधना प्रतिष्ठानमा श्रद्धाञ्जलीका लागि राखेर इटहरी नगर परिक्रमापछि सोमबार दिउँसो अत्येष्टि गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu