ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधि सभा विघटनको विरोधमा डबलीमा कलाकारहरुको कला प्रदर्शनी


एबीसी / संवाददाता
२८ पुस २०७७, मंगलबार   ७ : ३८   बजे

काठमाडौँ, २८ पुस । प्रतिनिधि सभा विघटनको विरोधमा कला प्रदर्शनी गरिएको छ ।  मंगलबार प्रज्ञा–प्रतिष्ठानको डबलीमा कलाकारहरुले प्रतिनिधि सभा विघटनको विरोधमा फरक प्रकारले प्रदर्शनी गरेका छन् । नागरिक समाजका अगुवा तथा सर्वसाधारणको उपस्थितिमा प्रतिनिधि सभा विघटनको विरुद्दमा कविता नाटक, चित्र प्रदर्शनी लगायत प्रस्तुत गरिएको थियो । उक्त कार्यक्रममा जनता रोगले ग्रस्त छन्, ओली गफमा मस्त छन्, उखान टुक्का गल्फत्ती, देश होइन तिम्रो सम्पति, संसद विघटन रातारात देश डुबाउन तिम्रो हात, प्रतिनिधि सभा पुर्नगठन सर्वोच्चले गर सम्बोधन लगायतका नारा लेखिएका प्लेकार्ड सहित कलाकारहरुले प्रस्तुति राखेका थिए । प्रतिगमन विरुद्ध बृहत नागरिक आन्दोलनको निरन्तर श्रृङ्खला अन्र्तगत यस कार्यक्रम गरिएको आयोजकले जनाएको छ । बिरोध प्रदर्शनीमा सडक नाटकले देशको अहिलेको अवस्था देखाउन खोजिएको थियो । यस कार्यक्रममा कानुन व्यवसायी, लेखक, पत्रकार, अभियन्ताहरूको सहभागिता थियो। सभालाई सम्बोधन गर्ने सबै वक्ताले प्रधानमन्त्रीले संसद विघटन गरेर प्रतिगमनलाई साथ दिएको भन्दै नागरिक आन्दोलनको आवश्यकता ‌औंल्याए।

नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वरप्रसाद श्रेष्ठले प्रधानमन्त्रीले संविधानमा हुँदै नभएको अधिकार प्रयोग गरी प्रतिनिधिसभा विघटन गरेको बताउनुभयो। श्रे उहाले जनताले ७० वर्ष मिहेनत गरेर ल्याइको संविधानमा ओलीले घात गरेको बताउनुभयो । निरंकुशको विरुद्धमा राजनीतिक आन्दोलन गर्ने कि नगर्ने भन्ने प्रश्न उठेको श्रेष्ठको भनाइ छ।

उहाले १२ बुँदे समझदारी दिल्लीमा भएको र त्यो अग्रगमनका लागि भएको भनिए पनि त्यसमाथि षडयन्त्र गरिएको बताउनुभयो । ‘बाह्र बुँदे सहमतिविरूद्ध कालो कोठामा बसेर जब १६ बुँदे सहमति गरियो, त्यो नै वास्तवमा प्रतिगामी कदम थियो, त्यसबाट बनेको संविधान नै खोटपूर्ण थियो,’ उहाँले भन्नुभयो , ‘त्यसको विरोध गर्दा जनतालाई गोली ठोक्ने काम भयो। उहाले जब जनताको सार्वभौमतामा षड्यन्त्र हुन्छ, खोस्ने क्रम हुन्छ। तब तब नागरिक अगुवाको भूमिका प्रभावकारी देखिने बताउनुभयो । सडक विस्तार विरोधी अभियन्ता विद्या श्रेष्ठले उपत्यकामा भएको विकासको नाममा विनाश भएको भन्दै त्यो पनि प्रतिगमन भएको बताउनुभयो । उहाले नेपालमा चेतनामा र विचारमै प्रतिगमन भएको बताउनुभयो । ‘कसले कसलाई प्रतिगमन गर्‍यो त्यो विचार गर्न आवश्यक छ,’ उहाँले भन्नुभयो उहाले काठमाडौंमा २०६८ सालमा थालिएको सडक विस्तारबाटै अधिनायकवादको सुरुवात भएको बताउनुभयो ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टर्कीसँग पराजित भए पनि समूह विजेता बन्यो अमेरिका, इन्जुरी समयमा टर्कीको सान्त्वना जित

रास्वपाको महाधिवेशनबाट निर्वाचित ९९ सदस्ययहरुको मतसहितको आधिकारिक सूची, कसले कति मत पाए?

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu