ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ज्यानको बाजी राखी हिउँमा निकुञ्जको सुरक्षा


एबीसी / संवाददाता
५ माघ २०७७, सोमबार   ८ : ३९   बजे

जाजरकोट, ५ माघ  ।  ठूलो भूगोल, सीमित जनशक्तिबीचमा डोल्पाको शे फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा दैनिक चोरी, निकासी तथा पैठारी रोक्नु चुनौतीपूर्ण रहँदै आएको छ ।

अहिले चिसो मौसममा अर्कोतिर भारी हिमपातका कारण नियमित गस्ती गर्न मुस्किल त छँदैछ, त्यसमा पनि तोकिएको दरबन्दीभन्दा आधा कम जनशक्तिका कारण निकुञ्जको सुरक्षा र संरक्षणमा चुनौती सिर्जना हुँदै आएको छ । विसं २०४० मा स्थापना भएको यो निकुञ्ज तीन हजार ५५५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । डोल्पा र मुगु जिल्लाको हिमाली क्षेत्रमा मात्र फैलिएको निकुञ्जमा छ महिनाभन्दा बढी हिउँले ढाक्ने गर्दछ ।

यहाँ तल्लो हिमाली क्षेत्रदेखि लिएर उच्च हिमाली र हिमालपारि क्षेत्रको तिब्बती भूमिसम्मको भू–धरातल भएकाले हिउँ चितुवा, तिब्बती खरायो, चिरु, तिब्बती गधा, नाउरलगायत हिमाली क्षेत्रमा पाइने वन्यजन्तु पाइन्छन् । निकुञ्जलाई डाँफे, मुनाल, चिरलगायत २०० प्रजाति पक्षी, छ प्रजातिका सरिसृप र ३२ प्रजातिका पुतलीले जैविक विविधतामा अझ धनी बनाएको छ । यहाँ पाइने हिउँ चितुवाको आहारविहारबारे वैज्ञानिक अनुसन्धानको नतिजाले निकुञ्ज हिउँ चितुवाका लागि सबैभन्दा उपयुक्त बासस्थान प्रमाणित भएको छ ।

काञ्जिरोवा दक्षिण (६,८६६ मि), सिकाल्पो खाङ (६,५५६ मि), वेज चुचुरो (७,१३९ मिटर) जस्ता हिमशिखर र कतिपय हिमनदीले यस निकुञ्जलाई अनुपम प्राकृतिक सुन्दरता थपेको छ । निकुञ्जको लगभग मध्य भागमा रहेको नेपालको सबैभन्दा गहिरो फोक्सुण्डो ताल छ । यसलाई सन् २००७ मा रामसारमा सूचीकृत गरिएको छ । एघारौँ शताब्दीमा निर्मित शे गुम्बाको यहीँ छ ।

निकुञ्जमा भएको महत्वका कारण चोरी, निकासी गर्नेको ठूलो जमात दैनिक पक्राउ परिरहेको छ । दुई महिनायता मात्र भारी मात्रामा हतियार र तस्कर पक्राउ परिसकेका छन् । तस्कारबाट हतियारदेखि जनावरका विभिन्न अङ्गसमेत फेला परेको निकुञ्जका प्रमुख सरोजमणि पौडेलले बताउनुभयो । निकुञ्जको कार्यालय सुलिगाडमा रहेको छ । यो निकुञ्ज क्षेत्रको सबैभन्दा तल्लो भागमा रहेको छ ।

माथिल्लो भागमा अहिले हिउँले ढाकेको छ । हिमपातकै बीचमा वनरक्षक तथा स्थानीयवासीबीच सहकार्य भई संरक्षण समितिले नियमित हिउँमै गस्ती गरिरहेको छ । ज्यानको बाजी लगाएर भए पनि निकुञ्जको सुरक्षा गरिरहेका स्थानीयवासी धनु गुरुङले बताउनुभयो । उच्च भागमा गस्ती गर्न मुस्किल हुने ठाउँमा वन विभागसँग निकुञ्जले ड्रोन क्यामरामार्फत गस्ती गर्नका लागि पहल थाले पनि ड्रोन नहुँदा सो कार्य असफल हुँदै आएको छ । त्यहाँ भएका हिउँ चितुवासमेत अहिले देखिएका छैनन् ।

कठिन भूगोलका साथै हिउँले गर्दा गर्न खोजिएको काम तोकिएकै मितिमा गर्न मुस्किल हुँदै आएको निकुञ्जका प्रमुख पौडेलले जानकारी दिनुभयो । मुगु र डोल्पाको माथिल्लो भागमा अक्सिजनसमेत पाउन मुस्किल हुने ठाउँमा निकुञ्ज संरक्षण गर्न हिउँमा गस्ती गर्न फलामको चिउरा चपाएझैँ हुने गर्दछ । माथिल्लो भागमा काम गर्ने कर्मचारी काम गर्दागर्दै धेरै पटक बिरामी हुँदा उद्धार गरी उपचारका लागि सदरमुकाम दुनै पुर्याएको कथा त छँदैछ, त्यसमा कर्मचारीको मनोबलसमेत कमजोर हुने गरेको छ ।

जङ्गली जनावरको त्रासका साथै नजिक गाउँ घर नभएको अग्ला अनकन्टार पहाड र चट्टानमा जो कसैलाई पनि काम गर्न सजिलो छैन । स्थानीय उत्पादनभन्दा आयातित अन्नमा भर पर्नुपर्ने बाध्यताको बीचबाट जीवन चलाइरहेका सर्वसाधारणसँग फरक भाषा अनि रहनसहन, वेषभूषासमेत फरक रहेको छ । नेपाली भाषाभन्दा आफ्नै भाषा बोल्ने यहाँका स्थानीयवासीसँग सहकार्य गरी काम गर्न अर्को चुनौती बनेको निकुञ्जका कर्मचारी बताउँछन् । चिसो मौसममा उपल्लो डोल्पामा रहेका प्रहरीचौकीसमेत दुनैस्थित सदरमुकाममा झारिँदै आएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu