ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विश्वकै अर्थतन्त्र महामारीले धराशायी बनेका बेला चीनको आर्थिक वृद्धिदर अपेक्षाभन्दा बढी


एबीसी / संवाददाता
५ माघ २०७७, सोमबार   १ : १४   बजे

 

काठमाडौँ, ५ माघ ।  कोरोना महामारीका बावजुद छिमेकी देश चीनको जीडीपीमा वृद्धि भएको छ। चीनको नेशनल ब्युरो अफ स्ट्याटिस्टिक्सका अनुसार गत २०२० मा चीनको अर्थतन्त्रमा २.३ प्रतिशतको वृद्धिदर हासिल भएको छ।

सोमबार दिएको जानकारीअनुसार कोरोना भाइरस (कोभिड-१९०)का कारण विश्वका धेरै मुलुकहरुको अर्थतन्त्रमा संकुचन देखिएको अवस्थामा चीनको आर्थिक वृद्धिदर भने अपेक्षा गरिएभन्दा धेरै देखिएको हो। अन्तर्राष्ट्रिय मुद्रा कोष ९आइएमएफ०ले गत अक्टोबरमा चीनको आर्थिक वृद्धिदर १।९ प्रतिशत रहने प्रक्षेपण गरेको थियो।

कोरोना भाइरसको महामारी पनि चीनको उहानबाट सुरु भएको थियो। त्यही भएर होला गत २०२० को सुरुवातमा चीनको अर्थतन्त्रमा ६.८ प्रतिशतको गिरावट आएको थियो। महामारीका बेला चीनले कोरोना भाइरससँग जुझ्ने आपतकालीन सामग्री तयार गरेर विश्वका अन्य देशहरुमा निर्यात गरेको थियो। जसकारण चीनको अर्थतन्त्र झनै बढ्न सहयोग गरेको हो।

सोमबार सार्वजनिक भएको तथ्यांकअनुसार चौथो त्रैमासिकमा चीनको औद्योगिक उत्पादन ७।३ प्रतिशतले बढेको छ भने खुद्रा क्षेत्रमा ५.६ प्रतिशत बढी उत्पादन दर्ज भएको उल्लेख छ।

सन् २०२० को चौथो त्रैमासमा चीनको अर्थतन्त्रमा देखिएको सुधारको कारण चीनको आर्थिक वृद्धिदर पनि अपेक्षाभन्दा धेरै देखिएको हो। चौथो तथा अन्तिम त्रैमासमा चिनियाँ अर्थतन्त्र ६ दशमलव ५ प्रतिशतले बढेको थियो। सन् २०१९ मा चीनको आर्थिक वृद्धिदर ६ प्रतिशत थियो। यद्यपि २०२० को सुरुआतमा नै चीन कोरोनाको महामारीमा परेकाले चिनियाँ अर्थतन्त्र पनि प्रभावित बनेको थियो।

पहिलो त्रैमासमा ६।८ प्रतिशतको संकुचनमा परेको चिनियाँ अर्थतन्त्र दोस्रो त्रैमासमा ३।२ प्रतिशत बढेको थियो। त्यस्तै तेस्रो त्रैमासमा चिनियाँ अर्थतन्त्रमा ४।९ प्रतिशतको वृद्धिदर हासिल भएको थियो। निजी खपत र खर्च बढेसँगै चिनियाँ अर्थतन्त्रमा पनि सुधार देखिएको हो। कोरोना नियन्त्रणका लागि सरकारले चालेको प्रभावकारी योजना तथा कोरोनाबाट प्रभावित व्यवसायहरुलाई सहयोग गर्न ल्याइएको राहत कार्यक्रमको कारण अर्थतन्त्रमा सुधार देखिएको हो।

अर्थ विश्लेषकहरुले सन् २०२१ मा चीनको अर्थतन्त्र तीव्ररुपमा अगाडि बढ्ने बताएका छन्। तर, तथ्यांक व्युरोका अनुसार कोरोनाले उद्योगिक क्षेत्रहरु धेरै नै चपेटामा परेकाले यसको असर यस वर्ष देखिनसक्ने छ।

गत बिहीबार जारी तथ्यांकअनुसार गत डिसेम्बरमा चीनको निर्यातमा अत्यधिक वृद्धि भएको थियो। तर कच्चा तेल, कोइलालगायतमा भने चीनले उच्च आयात गरेको छ। विश्लेषकहरु भन्छन्( चिनियाँ मुद्रा युआन अन्तर्राष्ट्रिय बजारमा महँगो रहेका बेलामा पनि चीनबाट अत्यधिक सामानहरु निर्यात भए।

अघिल्लो महिना नेताहरुले चीनको अर्थव्यवस्था बढाउनका लागि एउटा एजेन्डा तय गरेका थिए। बैठकले चीनको अर्थव्यवस्था राम्रो बनाउनका लागि आवश्यक नीतिको समर्थन गर्ने निर्णय गरेका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

रोमाञ्चक बराबरीसँगै जापान र स्विडेन नकआउटमा, अब ब्राजिलसँग जापानको महाभिडन्त

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group