ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बर्दीमै तास खेलेका १४ प्रहरीलाई कारवाही


एबीसी / संवाददाता
९ माघ २०७७, शुक्रबार   ९ : ४४   बजे

सर्लाही, ९ माघ । सर्लाहीको वरथहवामा रहेको इलाका प्रहरी कार्यालय बरथहवामा बर्दीमै तास खेल्ने प्रहरी कर्मचारीलाई कारवाही गरिएको छ । प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को परिच्छेद १० को नियम ११२ को देहाय (क), (घ) र (च) को कसुरमा ऐन नियमावलीको नियम ११९ को उपनियम १ को (२) ले दिएको अधिकारको प्रयोग गरी सोही नियमावलीको नियम १०९ को खण्ड (क) (७) बमोजिम १४ प्रहरी कर्मचारीलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक मदन कुँवरले जानकारी दिनुभयो ।

प्रहरी बर्दी लगाएर तास खेलिरहेको भिडियो सार्वजनिक भएपछि प्रहरीले सो विषयमा छानबिन अघि बढाएको थियो । छानबिनपछि छ प्रहरी जवान, दुई प्रहरी हवल्दार र दुई प्रहरी सहायक निरीक्षकलाई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

भिडियो खिच्ने र मिडियासम्म पुर्याउने पाँच जनालाई हालको पदको ज्येष्ठतासहित खाइपाइ आएको शुरु स्केलमा घटुवा गर्ने, तास खेल्ने पाँच जनालाई नसिहत र तास खेलेको हेर्ने दुई जनालाई सख्त चेतावनी दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले बताउनुभयो । अनुसन्धानका क्रममा भिडियो एक वर्ष पहिला नै खिचेको पाइएको पनि उहाँले बताउनुभयो ।

तास खेल्ने, भिडियो बनाउने र भिडियो मिडियासम्म पुर्याउने प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार र प्रहरी जवानलाई इलाका प्रहरी कार्यालय बरथहवामै झिकाएर कारवाही गरिएको इलाका प्रहरी कार्यालय बरथहवाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक उद्धवसिंह भाटले बताउनुभयो ।

प्रहरीले बर्दी लगाएर तास खेलेकोे भिडियो आफूलाई पुस २१ गते मात्र प्राप्त भएको बताउँदै प्रहरी नायब उपरीक्षक भाटले छानबिन समिति बनाएर छानबिन गर्नुभएको थियो । उक्त तास खेलेको तथा भिडियो खिचिएको समयमा आफू सर्लाहीमा नै नभएको बताउँदै आउनुभएका प्रहरी नायब उपरीक्षक भाटले अनुसन्धानपछि भिडियो एक वर्ष पहिला नै तयार पारिएको र आफू त्यो समयमा सर्लाहीमा नआएको बताउनुभएको छ ।

भिडियो एक वर्ष पहिलाकै रहेको साथै तास खेल्ने, हेर्नेमध्येका धेरैजसो प्रहरी कर्माचारी पहिले नै सरुवा भएर अन्यन्त्र गइसकेका र उनीहरुलाई आफ्नो कार्यालयमा झिकाएर कारवाही गरिएको उहाँले बताउनुभयो ।

कारवाही पर्नेमा प्रहरी जवान मोहन थापा, अर्जुनकुमार सिंह, राजकिशोर भण्डारी, गीता चौधरी र सन्तोषकुमार यादवको खाइपाइ आएको शुरुको तलबमा घटुवा गरिएको छ । त्यसैगरी प्रहरी सहायक निरीक्षक प्रमोदप्रसाद यादव र राजकुमार साहका साथै प्रहरी हवल्दार महेशप्रसाद यादव, रामबाबु साह र प्रहरी जवान जीतनारायण रायलाई पहिलोपटक नसिहत दिइएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । अरु दुई प्रहरी जवान सञ्जयकुमार साह र तिलबहादुर मगरलाई सख्त चेतावनी दिइएको सर्लाही प्रहरीले जनाएको छ ।

त्यसैगरी इलाका प्रहरी कार्यलय लालबन्दीमा कार्यरत प्रहरी हवल्दार पुष्पजङ्ग कार्की र अस्थायी ट्राफिक प्रहरी पोष्ट लालबन्दीमा कार्यरत प्रहरी जवान नवराज खड्कालाई पनि कारवाही गरिएको छ । उनीहरुबीच सवारी साधनलाई कारवाही गर्ने विषयमा विवाद हुँदा बर्दीमै ड्युटीमा रहेको समयमा बीच सडकमै हानाहान भएको थियो । उनीहरु दुवैलाई सख्त चेतावनीसहित २ नम्बर प्रदेश दङ्गा नियन्त्रण ढल्केवरमा कारवाहीका लागि पठाइएको सर्लाही प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu