ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

घरमा (प्रेमिका) मृत : वडा सदस्य पक्राउ


एबीसी / संवाददाता
२५ माघ २०७७, आइतबार   ५ : ४६   बजे

काठमाडौं, २५ माघ । घरमा युवती मृत फेला परेपछि कैलालीको गौरीगंगा –३ का एक जना वडा सदस्य पक्राउ परेका छन्। वडा सदस्य निरज चौधरीको घरको एक कोठामा २२ वर्षीया अञ्जिता चौधरी विहान मृत भेटिएकी थिइन्। उक्त घटनापछि दिउँसो प्रहरीले सोधपुछका चौधरीलाई धनगढीबाट पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले वडा सदस्य चौधरीसहित उनीसँगै भागेर आएकी एकजना महिलालाई पनि नियन्त्रणमा लिइएको बताउनुभयो । ‘वडा सदस्य र एकजना महिलालाई सोधपुछका लागि नियन्त्रण लिएको प्रहरीले जनाएको छ ।

मृतकका परिवार अनुसन्धान गरिपाऊँ भन्दै प्रहरीमा जाहेरी दिने तयारी गरेको बताएका छन्। मृतकका दाइ राजेश चौधरीले निरज र अञ्जिताको प्रेम सम्बन्धमा रहेको र निरजले अर्की केटीसँग बिहे गरेपछि शनिबार राति केही विवाद भएको बताउनुभयो । निरजले अर्की महिलालाई भगाएर ल्याएपछि अञ्जिता र उनका माइती उनको घरमा पुगेका थिए।

दुबै पक्षबीच राति लामो छलफल भएको थियो। निरजले दुबैलाई श्रीमतीका रूपमा राख्ने भनेपछि माइती पक्ष अञ्जितालाई निरजकै घरमा छोडेर फर्किएका थिए। निरज राति नै अर्की महिलासंग भागेपछि अञ्जिताले माइतीलाई फोन गरी खबर गरेकी थिइन्। त्यसपछि बिहान उनको शव फेला परेको थियो। मृतकको शव पोष्टमार्टमका लागि सेती प्रादेशीक अस्पतालमा राखिएको छ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशनको प्रभाव: प्रतिनिधिसभा बैठक फेरि स्थगित

रास्वपा पदाधिकारीको प्रारम्भिक सूची सार्वजनिक, १ महामन्त्रीका लागि ९ जना मैदानमा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu