ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एपीएफ र पुलिस पोखरामा जारी टाइगर कप भलिबलको महिलातर्फको फाइनलमा प्रवेश


एबीसी / संवाददाता
३० माघ २०७७, शुक्रबार   ६ : ०१   बजे

काठमाडौं, ३० माघ । विभागीय टिम एपीएफ क्लब पोखरामा जारी टाइगर कप आमन्त्रित राष्ट्रिय क्लब भलिबल च्याम्पियनसिपको महिलातर्फ फाइनलमा प्रवेश गरेको छ । पोखरा रंगशालामा आज भएको खेलमा होङग्वान्जी न्यु डाईमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो । फाइनल पुग्ने क्रममा एपीएफले न्यु डाईमण्डलाई २५–२१, २५–२१ र २५–२३ को सेटमा पराजित ग¥यो । अब एपीएफले फाइनलमा नेपाल पुलिस क्लबस“ग खेल्नेछ । पुलिस यस अघि नै फाइनल प्रवेश गरिसकेको छ । न्यु डाईमण्ड भने प्रतियोगिताबाट बाहिरिएको छ ।

पुरुषतर्फको फाइनलमा त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेशबीच खेल हुनेछ । आजै भएको खेलमा नेपाल पुलिस क्लबलाई ३–० को सेटमा पराजित गर्दै आर्मी फाइनलमा प्रवेश गरेको हो । आर्मीले पुलिसमाथि २६–२४, २५–२२ र २५–१४ को सेटमा जित निकालेको थियो । गण्डकीले एपीएफलाई हराएर फाइनलमा स्थान पक्का गरेको हो । गण्डकीले एपीएफलाई २५–२१, २९–२७ र २५–१५ ले पराजित गरेको थियो । प्रतियोगिताको फाइनल खेल भोलि हुनेछ । टाइगर ग्रुप अफ पोखराले आयोजना गरेको प्रतियोगिताको विजेता महिला तथा पुरुष टिमले समान १ लाख ५० हजार पाउनेछन् । यस्तै उपविजेताले ७५ हजार तथा तेस्रो हुनेले नगद ३५ हजारका साथमा मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गर्नेछन् । सान्त्वना पुरस्कार १५ हजार राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भारतद्वारा बाढी प्रभावित नेपाललाई १० टन राहत सामग्री पठाइयो

भोटेकोशी बाढीले टिमुरेका बैंक शाखामा ठूलो क्षति, कर्मचारी उद्धार प्राथमिकतामा

सम्बन्धित

नेपाल ‘ए’ लाई १ सय ४१ रनको लक्ष्य, कुशल भुर्तेलको उत्कृष्ट बलिङ

टप एन्ड टी–२० सिरिज: नेपाल ‘ए’ टोलीको लगातार दोस्रो जित

नेपाल ‘ए’ लगातार दोस्रो जितको खोजीमा, आज अस्ट्रेलियन क्यापिटल टेरिटोरीसँग भिड्दै

स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित एसियाडको तयारीमा नेपाल

एनपीएलका लागि काठमाडौं गोर्खाजले भित्र्यायो श्रीलंकाली अलराउन्डर सहन

श्रीलंकन अलराउन्डर सहान अराचिगे काठमाडौं गोर्खाजमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu