ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लेटाङका नगर प्रमुखले गरे संयोजक श्रेष्ठ माथि दुर्व्यवहार


विकास आचार्य
६ फाल्गुन २०७७, बिहिबार   ५ : ३८   बजे

मोरङ, ६ फागुन ।  मोरङको लेटाङ नगरपालिकाका नगर प्रमुख शंकर राईले प्राकृतिक स्रोत तथा वातावरण संरक्षण समितिको संयोजक रुद्र श्रेष्ठ माथि हातपात गर्ने मनासायले अभद्र व्यवहार गरेको आरोप खेप्नु परेको छ ।

गत बुधबार स्थानीय चिसाङ खोला उत्खनन् विषयमा नगरपालिकाले आयोजना गरेको सार्वजानिक सुनुवाई कार्यक्रममा उपभोक्ता र संरक्षण समितिको तर्फबाट नदि उत्खनन् विषयमा आफ्नो राय राख्न खोज्दा मेयर राईले सयौं लेटाङ नगरबासी उपस्थित भिडमा “तँ नबोल, चुप लागेर बस”, “तँ बोल्न पाउदैनस्” भन्ने जस्ता तल्लो स्तरको गालि गर्दै दुर्व्यवहार गरेको आरोप लागेको हो ।

आफुलेनै आयोजना गरेको सार्वजनिक सुनुवाई कार्यक्रममा लेटाङ नगरपालिका प्रमुख शंकर राईले संरक्षण समितिको संयोजक एवं नेकपा लेटाङ नगर कमिटी सदस्य श्रेष्ठ माथि असाध्यै घीनलाग्दो र अशोभनीय स्तरको दुव्र्यवार गरेको भन्दै नेकपा लेटाङ नगर कमिटीले घटनाको आलोचना गर्दै आपत्ति जनाएको छ । नेकपा लेटाङ नगर कमिटीको प्रेस विज्ञप्तिमा नगर प्रमुखले नागरिकको बोल्न पाउने अधिकार कुन्ठित गरिनु र सार्वजानिक ठाउमा सामाजिक व्यक्तिको निष्ठा र इज्जतको ख्याल नगरि गरिएको दुव्र्यवहारले नगर प्रमुखको कद मापन भएको भन्दै घटनाको भत्सर्ना गरिएको उल्लेख छ । श्रेष्ठमाथिको यो नाङ्गोपनको हमला एकजना व्यक्तिमाथिको हमला मात्र नभएर प्रकृतिमाथि ब्रम्हलुट मच्चाउन चाहने निश्चित व्यक्तिहरूद्वारा स्थानीय आम उपभोक्तामाथिको जबरजस्त हमला रहेको पार्टीले निष्कर्ष निकालेको छ ।

सार्वजनिक कार्यक्रम स्थलमा संस्थागत ढंगले राय सुझाव राख्न खेज्दा स्थानिय सरकार प्रमुखले गरेको व्यवहारले आफुलाई दुख लागेको अध्यक्ष श्रेष्ठको भनाई छ । संबिधानमै लेखिएको बोल्न पाउने अधिकारलाई स्थानिय सरकार प्रमुखले संबिधानको खिल्ली उडाई गरेको व्यवहारलाई श्रेष्ठले दादागिरी शैलिको संज्ञा दिएका छन् ।

नगर प्रमुख शंकर राईकै सक्रियतामा चिसाङ खोला अधिक दोहन भएको भन्ने विषयमा यस अघिपनि पटक पटक राष्ट्र संचार माध्यममा समाचार बन्ने गरेको थियो । यस पटकपनि नगर प्रमुख शंकर राईले प्रतिवन्धित चुरे क्षेत्रमा डोजर आतंक मच्चाउन दिने उद्देश्यले केहि माफियाको लहटमा लागेर जनताको राय बुझ्न सार्वजानिक सुनुवाई गरेको आरोप संरक्षण समितिले लगाएको छ । आफु खोला माफिया सग मिलेको तर, जनताको नजरमा चोखो बन्न नगर प्रमुखले सार्वजानिक सुनुवाई गरेजस्तो गरेको भन्दै नया पुल माथी डोजर लगाउन नगरले अनुमति दिए कडा प्रतिवाद गर्ने संघर्ष समितीले बताएको छ ।

नगरपालीकाले बुधबारको सार्वजानिक सुनुवाईपनि खोलालाई नया पुल माथि पार्टी खेत सम्म खन्न दिनु पर्ने उद्देश्यले कथाकथित खोला पिडितको निवेदनको भरमा आयोजना गरेको समितिले बताएको छ ।
त्यसो त हाल चिसाङ खोलामा ४ बटा क्रसर उद्योग संचालनमा छन् । सेटिङको भरमा मापदण्डभन्दा बढी नदिजन्य सामाग्री निकालेको , क्रसर उद्योग बस्ती नजिक खोलिएको भन्दै त्यसलाई कानुन बमोजिम संचालन गर्न सिंचाई उपभोक्त समिति, वातावरण संरक्षण समिति र स्थानिय सरोकारवालाहरुले पटक पटक नगर प्रमुखको ध्यानार्कषण गराएको तर नगर प्रमुखले ध्यान नदिएको स्थानियवासी कमल अधिकारीको गुनासो छ ।

बल जवरजस्ती संचालित ४ क्रसर उद्योगका कारण लेटाङ नगरपालिकाको हजारौं हेक्टर जमिन बाजो हुने अबस्थामा पुगेको र सिंचाईको लागि एउटै मात्र स्रोत चिसाङ खोला रहेकोमा खोलाको अधिक दोहनका कारण नहरमा पानि अठ्न छाडेको सिंचाई उपभोक्ता समितिले बताएको छ । यस्तै अबस्था रहे आगामि बर्ष देखि पालिकाको वडा नम्बर १,२,३,५,६ का खेतियोग्य जमिन वा“झै रहने भूवा चिसाङ जनता विकास पैनिका अध्यक्ष भूवानी शंकर आचार्यको ठहर छ ।

यता पालिका नगर प्रमुख शंकर राईले अभियान्ता रुद्र श्रेष्ठमाथि अभद्र व्यवहार गरेको आरोप मिथ्यांकन र वेईजत गर्ने अभिप्रायले हल्ला फिजाईएको स्पष्ट पारेका छन् । प्रमुख राईले भाई मानेर तिमी नबोल, तिम्रो पालो सकियो अब अरु बोल्नुहुन्छ भनेर भनेको तर, तँ  भनेर श्रेष्ठमाथि दुर्व्यवहार नगरेको बताए । नगरपालिकामा नया पुल माथिका नागरिकले खोलाले सास्ती दिएको भन्दै निवेदन परेपछि खोलाले दिएको दुखको सामधान जनस्तरबाटै मिलाउने भन्दै सार्वजानिक सुनुवाई गरिएको मेयरले थपे । बुधबारको सुनुवाई अप्रर्याप्त भएको भन्दै पुन सरोकारवाला, खोला पिडित वर्ग र सिचाई समितिलाई बोलाएर धनिभूत छलफल गरेर मात्र उचित निणर्य लिने प्रमुख राईले बताए ।

यस्तै अभियान्ता श्रेष्ठ माथि भएको दुव्र्यवहारको भत्सर्ना गर्दै राष्ट्र युवा संघ नेपाल लेटाङ नगर कमिटिलेपनि प्रेस विज्ञप्ति जारि गरेको छ । मेयर राईले अमानविय प्रवृति देखाएर तर्साउन खोजेको भन्दै अपमानित सग माफ माग्न माग गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: पदाधिकारीको निर्वाचन छोडेर फर्किन थाले प्रतिनिधि

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : आपत्काल घोषणा, भवनहरू ढले, मृतक र घाइतेको संख्या बढ्ने आशंका

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group