ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेपत्ता आउने आशमा आफन्त


एबीसी / संवाददाता
१६ फाल्गुन २०७७, आइतबार   ९ : ४०   बजे

जाजरकोट, १६ फागुन । अभिभावकको माया, स्नेहमा बस्न कसलाई पो मन हुँदैन र , आफन्तले दिने सल्लाह अनि दिशानिर्देशबाट भावी कार्यसम्पादन गर्ने रहर नभएको को होला ? जनयुद्धकालमा बेपत्ता बनाइएका शिक्षक अहिले २० वर्षसम्म कहाँ हुनुहुन्छ भन्ने परिवारलाई जानकारी छैन । दैनिक बुवाको सम्झनामा भेरी नगरपालिका–२ की शारदा शर्मालाई झस्काउने गर्दछ ।

शिक्षण पेशामा रहेका शिवप्रसाद शर्मालाई तत्कालीन राज्य पक्षबाट विसं २०५७ फागुन १३ गते नेपालगञ्जबाट बेपत्ता बनाइएको थियो । बेपत्ता बनाएको २० वर्ष बिते पनि अहिलेसम्म सास र लास कुनै कुरा राज्य पक्षबाट जानकारी गराइएको छैन । बेपत्ता शिवका दुई छोरी र श्रीमती अहिले पनि उहाँको मूलबाटो हेरेर पर्खिरहनुभएको छ ।

राति घरको ढोकामा आवाज आउँदा होस् वा अन्य कारणले आवाज आए पनि बुवा नै आउनुभएको हो भनेर मन फुरुङ्ग हुने गरेको बेपत्ता शिवकी जेठी छोरी शारदाले बताउनुभयो । उहाँले भन्नुभयो, “मैले मेरो बुवालाई बेपत्ता बनाएको दिनदेखि कहिल्यै देख्न पाइनँ, बुवालाई किन र केका लागि बेपत्ता पारियो पत्ता लागेको छैन ।” राज्यले  १० लाख राहत त दियो तर बुवाको अवस्थाका बारेमा अहिलेसम्म कुनै खास प्रतिक्रिया दिइएको छैन । पैसाले बुवाको माया नपाइने भन्दै शारदाले बुवाको अवस्था तत्काल सार्वजानिक गर्नसमेत माग गर्नुभयो ।

जुनिचाँदे–४ का दलबहादुर रोकाको पनि शारदाको भन्दा कम पीडा छैन । उहाँ भन्नुहुन्छ, “सरकारले बेपत्ता पारिएका व्यक्तिको परिवारलाई राहत दिने भनेको छ तर पनि अहिलेसम्म हामीले केही पाएको अवस्था छैन ।” छेडागाड नगरपालिका–१३ का मानबहादुर बुढाले आँखाभरि आँशु पार्दै भन्नुभयो, “बुवा गुमाउनुको पीडालाई कहिल्यै भुल्न सक्दिनँ, अहिलेसम्म बुवाको अवस्था के छ भन्ने कुरा जानकारीसम्म नहुँदा हामी मानसिकरूपमा समस्यमा परेका छौँ ।”

जाजरकोटबाट मात्र १२ जना बेपत्ता भएको सूची छ । उहाँहरुको अवस्थाबारेमा परिवारले जति पटक दबाब दिए पनि अवस्था सार्वजनिक नहुँदा परिवार पीडामा छन् । रेडक्रसको अन्तर्राष्ट्रिय समिति ९आइसीआरसी० ले सन् २०१२ मा निकालेको तथ्याङ्कअनुसार जाजरकोटमा नौ जनाको नाम बेपत्ताको सूचीमा छ भने मृत्यु भइसकेको जानकारी भएका तर, मानव अवशेष पत्ता नलागेका तीन जनाको नाम सूचीकृत गरिएको छ ।

आइसिआरसीको सूचीमा जाजरकोटका झुपबहादुर शाहीलाई २१ मङ्सिर २०६० मा, सुर्खेत वीरेन्द्रनगरबाट राज्य पक्षबाट पूर्णबहादुर सिंहलाई २८ वैशाख २०६२ मा, जाजरकोटको खलङ्गाबाट राज्य पक्षबाट मानबहादुर सिंहलाई २५ असार २०५७ मा, जाजरकोटको रामीडाँडाबाट राज्य पक्षबाट मोतीराम मल्ललाई १२ माघ २०५८ मा, जाजरकोटको थालारैकरबाट राज्य पक्षबाटै रामप्रसाद खनाललाई १२ मङ्सिर २०५८ मा, जाजरकोटको खलङ्गाबाट विद्रोही पक्षबाट वीरेन्द्र शर्मालाई १० मङ्सिर २०६१ मा, राज्य पक्षबाट जाजरकोटको सुवानाउलीबाट शिवप्रसाद शर्मालाई १३ फागुन २०५७ मा र बाँकेको नेपालगञ्जबाट राज्य पक्षबाट शिवबहादुर सिंहलाई १७ मङ्सिर २०६० मा बेपत्ता बनाइएका छन् ।

त्यसैगरी आइसिआरसीले मृत्यु भइसकेको जानकारी भएका तर मानव अवशेष पत्ता नलागेकाको सूचीमा जाजरकोटका खम्बे कामीलाई २१ चैत २०५४ मा खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको, गुमानसिंह रानालाई १ चैत २०५५ मा सुर्खेतको राकम बादापिपलबाट राज्य पक्षले पक्राउ गरेको, भूमिलाल बस्नेतलाई १५ कात्तिक २०५५ मा जाजरकोटको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेको र विष्णु वटालालाई १५ पुस २०५५ मा जाजरकोको खलङ्गाबाट राज्य पक्षले पक्राउ गरेर बेपत्ता बनाएको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिकाविरुद्ध टर्कीको पुनरागमन, ओर्कुन कोकुको गोलमा २–१ को अग्रता

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group