ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थी विहीन छ विद्यालय


admin
३ पुस २०७४, सोमबार   ३ : ४८   बजे

मनाङ, ३ पुस । स्थानिय ठाउँबाट काठमाडौं, पोखरा लगायत शहरमा विधार्थी लिएर जाने क्रम बढे पछि हिमाल पारिको जिल्ला मनाङको नेस्याङ गाउँपालिकाका छ वटा विद्यालय विद्यार्थीविहीन बनेका छन् ।

तिलिचो आधारभूत, टङ्की आधारभूत, भ्राका आधारभूत, ङावोल आधारभूत, ध्यारु आधारभूत, हुम्डे आधारभूत र पिसाङ आधारभूत विद्यालय विद्यार्थीविहीन बनेका छन् ।

स्थानीय बालबालिकालाई काठमाडौँ, पोखरालगायतका शहरमा लिएर जाने प्रचलन बढ्दो छ । अहिले गाउँघरमा काम गर्ने मजदुरका बालबालिका मात्र रहेन र उनीहरुबाट मात्रै विद्यालय धान्न मुस्किल नसकिने तिलिचो आधारभूतका प्रधानाध्यापक यमप्रसाद तिमल्सिना बताउनुहुन्छ ।

गत शैक्षिक सत्रसम्ममा २६ जना विद्यार्थी रहेको यस विद्यालयमा चालु शैक्षिक सत्रमा जम्मा चारजना विद्यार्थी रहेका छन् । भएका विद्यार्थी पनि स्थानीय नभएका र तिनीहरु पनि कामको खोजीमा आमा बाबु अन्यत्र जाने भएका कारण आगामी शैक्षिकसत्रमा विद्यार्थीको उपस्थिति शून्य हुने बताइन्छ ।

यस्तै, समस्यामा गुुज्रिएको टंकी आधारभूत विद्यालय पनि हो । यो विद्यालय त अहिल्यै विद्यार्थीविहीन भएको छ । छजनाको दरबन्दी रहेको यो विद्यालयमा विद्यार्थीको उपस्थिति शून्य छ । यस्तो समस्या किन भयो भन्ने प्रश्नमा स्थानीय बासिन्दाका बच्चा गाउँमा नराख्ने र सबै गोर्खाली, धादिङ्गे कामदारका बच्चा विद्यालय भर्ना हुन आउने तर अभिभावकसँग उनीहरु कामको सिलसिलामा ठाउँठाउँमा बसाइँ सर्ने भएका कारण यस्तो समस्या आएको टंकी आधारभूतका प्रअ लोकबहादुर सुवेदीले जवाफ दिनुभयो ।

थोरै जनसंख्या हुनु र त्यसमाथि भएका मानिसले पनि आफ्ना बालबालिकालाई गाउँमै नराख्नाले यस्तो समस्या आएको जिल्ला शिक्षा अधिकारी टुकराज अधिकारीले बताउनुभयो । आगामी शैक्षिक सत्रदेखि जिल्ला शिक्षा कार्यालय नरहने हुँदा स्थानीय निकायले विद्यालय व्यवस्थापन कसरी गर्छ भन्ने चासो उब्जिएको पाइन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

विष्णु पौडेललाई गैरकानुनी रूपमा थुनिएको भन्दै श्रीमती दोमाया पुगिन् सर्वोच्च

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

रास्वपा नेतृत्वको दौड: ९९ सिटका लागि ३८४ जनाको होड, ८० महिला प्रतिस्पर्धी (सूची)

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

महाधिवेशन बिचमै छाडेर काठमाडौँ फर्कियो बालेनको टिम

समयमै बजेट नपुग्ने जोखिम, ६४ पालिकाले मात्र बजेट सार्वजनिक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group