ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

“प्रचण्डको नेतृत्वमा रगत बगायौं, तपाइँको नेतृत्वमा पसिना बगाउछौँ, छिटो पार्टी एकीकरण गर्नुहोस्” 


admin
३ पुस २०७४, सोमबार   ६ : २०   बजे

भक्तपुर, ३ पुस । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई नेकपा (माओवादी केन्द्र)को भातृ संगठन वाइसिएलको नेतृत्व टोलीले छिटोभन्दा छिटो पार्टी एकीकरण गर्न आग्रह गरेको छ । 


आज बालकोटस्थित ओली निवासमा बधाई तथा शुभकामना दिन पुगेको वाइसिएलका अध्यक्ष रामप्रसाद सापकोटासहितका पदाधिकारीको टोलीले यस्तो आग्रह गरेको हो ।

वाइसिएलका उपाध्यक्ष वीरु तामाङले ओलीलाई भन्नुभयो, –“प्रचण्डको नेतृत्वमा हामीले रगत बगायौं, अब तपाइँको नेतृत्वमा पसिना बगाउन तयार छौँ, छिटो पार्टी एकीकरण गर्नुहोस् ।”

पार्टी एकीकरणपछि देशको विकास र समृद्धिका लागि आफूहरू जस्तोसुकै भूमिका निर्वाह गर्न पनि तयार रहेको प्रतिबद्धता पदाधिकारीले व्यक्त गरेका छन् ।

त्यस अवसरमा अध्यक्ष ओलीले भन्नुभयो, –“पार्टी एकता हुँदा कोही नेतालाई म समितिमा पर्दिन कि भन्ने चिन्ता होला तर त्यस्तो चिन्ता नगरी देश बन्छ कि बन्दैन भन्नेमा चिन्तित हुन म आग्रह गर्छु ।”

आफू प्रधानमन्त्री भएका बेला शैक्षिक योग्यताको प्रमाणपत्र राखेर ऋण दिने व्यवस्था गरेको भन्दै ओलीले आगामी सरकारले युवा स्वरोजगार कार्यक्रम ल्याउने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो ।

युवालाई उद्यमी, अध्ययनशील, समाजका रोल मोडल र सीपयुक्त हुन पनि ओलीले सुझाव दिनुभएको छ ।

चौध वर्ष जेल बसेर निस्कँदा पनि कुनै पूर्जीमा हस्ताक्षर नगरेको स्मरण गर्दै अध्यक्ष ओलीले भन्नुभयो–“जेलबाट छुट्दा एउटा कागज ल्याएर हस्ताक्षर गर्न ठीक परेको त राजाको मन्त्री हुन तयार छु भनेर पो लेखेको रहेछ, त्यही राजतन्त्र र निरंकुशताको अन्त्यका लागि विद्रोह गरेर हिँडेको मान्छे, फेरि राजाको मन्त्री खाने कुरा हुन्छ ?”

उहाँले थप्नुभयो, “संविधान मान्दिन भनेर हिडेको मान्छेले त्यही संविधानअन्तर्गत मन्त्री हुने कुरा हुन्छ ?, २०४४ सालमा जेलबाट छुट्दा पनि सही नगरी छुटेको हुँ, शक्तिसँग नझुक्ने, सत्यको पक्षमा लड्ने र अडानबाट कहिले विचलित नहुने स्वभाव भएकाले निर्णय लिने बेलामा नै सोचविचार गर्ने मेरो बानी छ ।”

द्वन्द्वको बेला माओावादीका धेरै नेता कार्यकर्तालाई आफ्नो पहलले ज्यान बचाएको सुनाउँदै ओलीले भन्नुभयो, “कहिले सेनापतिलाई आग्रह गरेर, कहिले आइजीलाई त कहिले गृहमन्त्रीलाई आग्रह गरेर थुप्रै माअ‍ोवादी कार्यकर्ताको ज्यानको सुरक्षा गरेको छु ।”

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

राष्ट्रपति पौडेलद्वारा चाँगुनारायण कलशमा छायाँ दर्शन

रास्वपामा रविको भूमिका थप सक्रिय, संगठन सुदृढ गर्न मधेस जाँदै

सम्बन्धित

विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा पाँच जना पक्राउ

ह्वीप उल्लंघन गर्ने राप्रपाका पाँच सांसदलाई कारबाही गर्ने उद्धव थापाको चेतावनी

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन युवा उद्यमीलाई अर्थमन्त्री वाग्लेको आग्रह

कपिलवस्तुमा दुई छुट्टाछुट्टै स्थानमा दुई जनाको शव फेला

आईटी क्षेत्रमा निर्धक्क भएर लगानी बढाउन अर्थमन्त्री वाग्लेको आग्रह

चीनले ८ हजारभन्दा बढी वस्तुलाई शून्य भन्सार दिए पनि नेपालबाट निर्यात कमजोर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu