ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ असार २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनमानसमा भ्रम सिर्जना गर्न खोजिएको भन्दै मेगा बैंकको ५ बुँदे प्रष्टीकरण


एबीसी / संवाददाता
२३ फाल्गुन २०७७, आइतबार   १० : १९   बजे

काठमाडौं, २३ फागुन  ।  एक टेलिभिजन कार्यक्रममा प्रसारित सामग्रीप्रति मेगा बैंक नेपाल लिमिटेडले गम्भीर आपत्ति जनाउँदै आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । सत्य तथ्यलाई बङ्ग्याई भ्रामक, झुट्टा र काल्पनिक सामाग्री तयार गरी जनमानसमा भ्रम सिर्जना गर्ने उद्देश्यले बैंकसँग असम्बन्धित व्यक्तिलाई अगाडि सारेर सामग्री प्रशारण गरिएको बैंकले जनाएको छ ।

बैंकले यसबारे ५ बुँदे प्रष्टीकरण जारी गर्दै पीडित भनिएका उत्तम कुमारले लोवल माउन्टेन आउटवेयर उद्योगको नाममा रहेको जग्गा धितो राखि २०७३ साउन २५ मा बैंकबाट रु. ८ करोड कर्जा उपभोग गरेको उल्लेख गरिएको छ । ९ महिना नपुग्दै उत्तम कुमारले कर्जा नियमित गर्न छाडेपछि बैंकले कर्जाको साँवा ब्याजको लागि ताकेता गर्दा २०७४ पुस ४ मा उद्योग विभाग, घरेलु तथा साना उद्योग कार्यालय काठमाडौंमा गई आफ्नो उद्योगको सम्पूर्ण सम्पत्ति तथा दायित्व भुमादेवी गौतमको नाममा नामसारी गराएको र दुबै जनाले २०७४ पुस १२ मा कर्जा नामसारी गर्न बैंकमा निवेदन दिए बमोजिम सोही अनुरुप कर्जा नामसारी गराएका थिए ।

कर्जा प्रवाह भएको २ बर्षपछि बैंकले धितोमा रहेको सम्पत्तिबाट कर्जा असुलीको कारवाही प्रारम्भ गरेपश्चात् मात्र दायर भएका विभिन्न मुद्दाहरुमा पेश भएको कागजबाट उत्तम कुमार र भुमादेवी गौतमको बीचमा घरजग्गा सट्टापट्टाको कागज गरेको व्यहोरा बैंकलाई जानकारी हुन आएको स्पष्टीकरणमा उल्लेख छ । ‘उत्तम कुमार र भुमादेवीबीच भएको सट्टापट्टाको कारोबारको विषयलाई लिएर काठमाडौं जिल्ला अदालतमा चलेको ठगी मुद्दामा निज उत्तम कुमारको ठगीको उजुरीदावी पुग्न नसक्ने गरी सम्मानित काठमाडौं जिल्ला अदालतबाट मिति २०७७/०६/१३ गते पैmसला भएको छ । निज उत्तम कुमार र भुमादेवीको बीचमा भएको आपसी लेनदेन कारोबारमा बैंकको कुनै संलग्नता छैन’, प्रष्टीकरणमा भनिएको छ ।

बैंकबाट उक्त ग्लोबल माउन्टेन आउटवेयर उद्योगका अलावा गुरुदत्त पौडेल एकल सञ्चालक रहेको विश्वास मल्टिपर्पोज प्रा.लि. र सेन्सेसन लिकर हाउस प्रा. लि. समेतलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐनको दफा ५५ तथा बैंकको नियमानुसार कर्जाको पूर्ण सुरक्षण हुने गरी कर्जा प्रदान गरिएको प्रष्टीकरणमा उल्लेख गरिएको छ ।

सरकारको निकायमा गई आफ्नो स्वामित्वको फर्म बिक्री गर्ने अनि कपाली तमसुकका भरमा अनर्गल प्रचार गरी बैंकको मान, मर्यादा एवं प्रतिष्ठामा आच आउने कार्य गर्ने प्रयास भएको भन्दै बैंकले उत्तम कुमार समेतको मिलोमतोमा उल्टै बैंकलाई ठगी गर्ने प्रयास भैरहेकोले भ्रमित नहुन जनमानसलाई अपिल समेत गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

के हामीले ब्रम्हकमल भनेको फूल साँच्चिकै ब्रम्हकमल हो त ?

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

सम्बन्धित

ठगी अभियोगमा एन्फाका पूर्वअध्यक्ष कर्मा छिरिङ शेर्पा पक्राउ

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu