ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

एमाले र माओवादी केन्द्र ब्युँतिएसँगै : सत्ता समीकरणबारे प्रतिपक्षमा कांग्रेसले पनि आन्तरिक छलफलमा


एबीसी / संवाददाता
२५ फाल्गुन २०७७, मंगलबार   ९ : ५४   बजे

काठमाडौं, २५ फागुन । नेपाल कम्युनिस्ट पार्टी (एमाले) र माओवादी केन्द्र ब्युँतिएसँगै दलहरु आन्तरिक छलफलमा जुटेका छन् । नेकपा एमाले र माओवादी केन्द्रका नेताहरु आन्तरिक छलफलमा जुटेका नेताहरुले बताएका छन् । पहिलेकै अवस्थामा नेकपा एमाले बनिसकेपछि अब कसरी अघि बढ्ने भन्नेबारे आन्तरिक, औपचारिक, अनौपचारिकलगायत विभिन्न चरणमा छलफल हुन लागेको परराष्ट्रमन्त्री एवम् नेकपा एमालेका नेता प्रदीप ज्ञवालीले जानकारी दिनुभयो । अध्यक्ष ओली र माधव नेपाल पक्षबीच लामो समयदेखिको सङ्घर्ष चल्दै आएकाले एमालेभित्रको विवाद तत्काल समाधान हुन सक्ने अवस्था देखिँदैन । सर्वोच्चको फैसलाअघि नेकपामा रहँदा ओलीलाई पार्टी सदस्यसमेत नरहने गरी कारबाही गर्दै नेपाल नेकपाको अध्यक्ष बन्नुभएको थियो । नेकपाभित्रको विवाद व्यवस्थापनका लागि दोस्रो तहका नेताहरु सक्रिय हुने देखिए पनि सजिलो भने छैन । यस्तै अबको रणनीतिबारे माओवादी केन्द्रका नेताहरु पनि बिहानैदेखि छलफलमा जुटेको अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले जनाएको छ । यस्तै सर्वोच्चले नेकपा एमाले र माओवादी केन्द्र ब्युँताउने फैसला गरेलगत्तै संसदमा कसैको पनि बहुमत नपुग्ने अवस्था छ । यस्तो अवस्थामा दुईभन्दा धेरै पार्टीको गठबन्धनको सरकार बनाउनुपर्ने बाध्यता छ ।भावी सत्ता समीकरणबारे प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले पनि आन्तरिक छलफल गरिरहेको छ । यसअघि नेकपा फुटिनसकेको अवस्थामा कुनै एउटा समूहलाई मात्रै समर्थन गरेर अघि नबढ्ने बताएको कांग्रेसलाई अब भने कुन समूहलाई सहयोग गरेर अघि बढ्ने भन्ने बाटो खुलेको छ । तर, कांग्रेसका केही नेताहरुले अहिले नै सरकारमा जान नहुने र चुनावमा जानुपर्ने भन्न थालेका छन् । यस्तै जनता समाजवादी पार्टीको संसदीय दलको बैठक बस्दै छ ।दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक घटनाक्रमबारे आधिकारिक धारणा बनाउनेबारे छलफल हुने नेता राजकिशोर यादवले बताउनुभयो । पुनस्स्थापित भएको प्रतिनिधिसभामा आफ्नो भूमिका र भावी सरकारका विषयमा पनि बैठकमा छलफल हुने उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

पूर्व र मध्य भेगका केही ठाउँमा वर्षा, धेरै ठाउँमा गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

रास्वपा महाधिवेशनमा मतदान जारी

विश्वकप २०२६: रोमाञ्चक खेलमा हाइटीलाई हराउँदै मोरोक्को नकआउट चरणमा

ब्राजिलसँग ३–० ले पराजित स्कटल्यान्ड संकटमा, विश्वकप यात्रामाथि गम्भीर प्रश्न

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group