काठमाडौं, २५ । नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता रघुजी पन्तविरुद्ध एमालेकै सांसद कोमल वलीले मंगलबार जिल्ला अदालत काठमाडौंमा मुद्दा हाल्नु भएको छ । एउटा सार्वजनिक कार्यक्रममा वलीको चरित्र हत्या हुनेगरी पन्तले ‘पिँडुला देखाएर सांसद भएको’ बताउनुभएको थियो । उक्त विषयमा पन्तले माफी मागे पनि वलीले भने मुद्दा हाल्नुभएको हो । पन्तविरुद्ध गाली बेइज्जती मुद्दाको फिरादपत्र बोकी जिल्ला अदालतमा वलीले दर्ता गराउनु भएको छ ।
प्रतिक्रिया दिनुहोस्