ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पशुपतिनाथमा बिहानैदेखि महाशिवरात्रिको रौनक (फोटोफिचर)


एबीसी / संवाददाता
२७ फाल्गुन २०७७, बिहिबार   ६ : ४४   बजे

काठमाडौं, २७ फागुन ।  महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथमा दर्शनार्थीलाई सहज रूपमा पूजाआजाको व्यवस्था गरिएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

बिहीवार महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शनार्थी तथा भक्तजनको भिड लागेको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष दर्शनार्थीलाई मन्दिर दर्शनका लागि छिटो र सहज हुने व्यवस्था मिलाइएको पशुपति क्षेत्र विकास कोषले बताएको छ ।

unn.prixa.net

११ उपसमिति गठन गरी राम्रो व्यवस्थापन गरिएको महाशिवरात्रि पर्व व्यवस्थापन समितिका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । एकीकृत रूपमा सुरक्षा संयन्त्र परिचालन गरी सुरक्षाको प्रबन्ध मिलाइएको, स्वयंसेवक पर्याप्त मात्रामा परिचालन गरिएको, भोजन, अवास, पानीको व्यवस्थापन मिलाइएको तथा स्वास्थ्य शिविर सञ्चालन गरिएको उहाँले बताउनुभयो । ज्येष्ठ नागरिक तथा शारीरिक रूपमा अशक्त व्यक्तिका लागि सुरक्षाकर्मी र स्वयं सेवकको सहयोगमा छिट्टै दर्शन गर्न सकिने व्यवस्था मिलाइएको छ ।

अघिल्ला वर्षको तुलनामा यस वर्ष दर्शन गर्न सहज भएको दर्शनार्थी तथा भक्तजनले बताएका छन् । महाशिवरात्रि पर्वको अवसरमा उल्लेख्य रूपमा साधुसन्त तथा भक्तजनको उपस्थिति रहेको छ । कोभिड–१९ को सङ्क्रमणबाट बच्न अनिवार्य मास्कको प्रयोग गर्न पशुपति क्षेत्र विकास कोषले आग्रह गरेको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group