ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विधि र पद्धतिका कुरा गर्ने तर बाहिर बाहिर हस्ताक्षर गर्ने – प्रधानमन्त्री ओली


एबीसी / संवाददाता
२९ फाल्गुन २०७७, शनिबार   ४ : २०   बजे

काठमाडौं, २९ फागुन । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले दलको बैठक नबसी अध्यक्षलाई निष्कासित गरेको र संसदीय दलको बैठक नबसी दलको नेता परिवर्तन गर्ने काम भएको बताउनु भएको छ । प्रतिनिधिसभा विघटनको असंवैधानिक कदमपछि तत्कालीन नेकपामा उत्पन्न भएको विवादतर्फ संकेत गर्दै उनले कम्युनिस्ट आन्दोलन बर्बाद गर्नका लागि त्यस्ता कदम चालिएको बताउनुभयो । एमालेको भातृ संगठन अखिल नेपाल महिला संघको राष्ट्रिय भेलालाई भृकुटीमण्डपमा शनिबार सम्बोधन गर्दै एमाले अध्यक्ष ओलीले पार्टीमा विधि र पद्धतिको कुरा गर्नेहरूले त्यो पालना नगरेको बताउनुभयो । विधि र पद्धतिका कुरा गर्ने तर बाहिर बाहिर हस्ताक्षर गरेर, विधि र पद्धति भन्या के हो ? पार्टीको बैठक बस्या छैन अध्यक्ष निकाल्या रे । दलको नेता फेर्‍या रे, बैठक बस्या छैन, ओलीले नेता नेपालतर्फ संकेत गर्दै भने, अर्को एक जना अध्यक्षका लागि हिरिक्क हिरिक्क हिरिक्क गरिराख्या थिए । अध्यक्ष भए अरे ।

प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदम सर्वोच्च अदालतले खारेज गर्दै प्रतिनिधिसभा पुनःस्थापना गरेपछि तत्कालीन नेकपाका अध्यक्ष पुष्पकमल दाहाल र माधवकुमार नेपालले चितवनमा खुसीयाली मनाएका थिए । त्यसबारे ओलीले भने ुसानो कुरा पायो कि दंग, फुरुङ्ग, अबीर जात्रा, लड्डु । मैले भने केका लागि खुसी भएका हुन् यिनीहरू ? केका लागि अबिर जात्रा ? के पाए ? के पाउँछन् ? उनले त्यो कदम आन्दोलन बर्बाद पार्ने, आन्दोलनको नेतृत्व, पार्टी र देशलाई बर्बाद पार्ने भएको बताउनुभयो । ओलीले प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गर्दा लोकतन्त्र मासिन्छ भनेको तर अबको डेढ-दुई वर्षमा चुनाव हुँदा लोकतन्त्रको आयु डेढ दुई वर्षमात्रै हो त ? भनेर प्रश्न गर्नुभएको थियो । उहाँले त्यस्तो कुरा गर्नेहरू नक्कली लोकतन्त्रवादी भन्नुभयो । केही नेताहरू केपी ओलीलाई हटाउनुपर्‍यो, विकासको लहर ल्यायो । विकास नगर्ने प्रधानमन्त्री ल्याउनुपर्‍यो भन्दै विभिन्न ठाउँमा निवेदन हाल्न गइरहेको ओलीको आरोप थियो ।

हामीबाहेक अर्को देशलाई सही ढंगले नेतृत्व दिने न पार्टी छ न कुनै नेता छ । सोच नै छैन त्यस्तो । कुनै नेताको वक्तव्यमा, भाषणमा विकास छ ? उहाँले भन्नुभयो । कोही महिला अगाडि बढेमा त्यसलाई अनावश्यक टीकाटिप्पणी हुने गरेको ओलीको भनाइ थियो । एउटा महिला अगाडि बढ्यो भने के भन्दा रहेछ्न् ? के सोच्दा रहेछन् ? भन्ने उनीहरुको भाषणमा देख्नुभएको होला । पुरुष सांसद भयो भने बाहुबलबाट भएको र क्षमताले भएको हुने, महिला सांसद भयो भने कसरी हुर्मत लिने रहेछन् भन्ने देख्नुभएको होला, उहाँले भन्नुभयो ।

त्यस्तो सोचको अन्त्य गर्नका लागि सोचमा परिवर्तन गर्नुपर्ने ओलीको भनाइ थियो । उहँले भन्नुभयो मानसिक चिन्तनमा अप्रेसन गर्नुपर्छ, टाउकाको अप्रेसनले हुन्न । पार्टीमा आउने समस्याको सामना गर्ने ओलीको भनाइ थियो । उहाले कुनै चिन्ता नलिन कार्यकर्ताहरूलाई सुझाव दिनुभयो अहिले कसैले आफूलाई हटाए आफू अबको चुनावमा बहुमत लिएर सत्तामा पुग्ने दाबी समेत गर्नुभयो । अहिले हटाउन सक्छ कसैले भने हटाएर देखाओस् । जालझेल गरोस् । मोर्चा कसोस् । मोर्चा कसेर हटाउन सक्छ भने हटाओस् । २० महिनापछि यो पार्टी, सूर्य चिह्नधारी पार्टी दुई तिहाई बहुमतका साथ सिंहदरबारको मूल गेटबाट भित्र छिर्छ । हामीलाई प्रतिपक्षमा रहन कुनै गाह्रो छैन । हामी राजनीतिक प्राणी हौं, उहाँले भन्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

सम्बन्धित

कोलम्बियाले एक खेलअगावै अन्तिम ३२ को यात्रा तय गर्‍यो, चम्किए मुनोज

कोलम्बिया भर्सेस कंगो : पहिलो हाफ गोलरहित बराबरी

विश्वकप २०२६ : बराबरी अंकमा कसरी छुट्टिन्छ टोलीको भाग्य?

क्रोएसियाको नकआउट सम्भावना जिवितै, पानामाको विश्वकप यात्रा टुंगियो

रवि फेरि सभापति, बालेनको मध्यराति सन्देश : ‘शुभकामना हाम्रो पार्टीलाई’

रास्वपा : न शुद्ध सामाजिक लोकतन्त्र हो, न उदार लोकतन्त्र, न दक्षिणपन्थी पपुलिज्म — ‘असुसंगठित मिश्रण’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group