काठमाडौं, २ चैत्र। राष्ट्रपति विद्यादेवी भण्डारीले आज कोरोना भाइरसविरुद्धको खोप लगाउने हुनु भएको छ ।दिउँसो ४ बजे उहाँले त्रिवि शिक्षण अस्पतालमा रहेको खोप केन्द्रमा खोप लगाउने तयारी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसअघि त्रिवि शिक्षण अस्पतालमा नै प्रधानमन्त्री केपी शर्मा ओलीले गएको २३ गते कोरोनाविरुद्धको खोप लगाउनु भएको थियो । प्रधानमन्त्री ओलीले खोप लगाउँदै ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई खोप लगाउने अभियान सुरु गरिएको थियो । हिमाली जिल्लामा भने ५५ वर्षभन्दा माथिका नागरिकलाई खोप वितरण भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्