ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लहानको मालपोतमा बिस्फोट गराउने एक युवक पक्राउ


आलोक यादव
२ चैत्र २०७७, सोमबार   ८ : ०५   बजे

सिरहा, २ चैत्र । लहान नगरपालिका ८ स्थित मालपोत कार्यालयमा आइतबार बम विष्फोट गराउनमा संलग्न रहेको भन्दै प्रहरीले एक युवकलाई पक्राउ परेको छ । लहान–१८ भदैया घर भएको २७ वर्षीय बलराम मण्डललाई सुखीपुर –२ विद्या नगरबाट पक्राउ गरिएको सिरहा जिल्ला सशस्त्र गणपति प्रहरी उपरीक्षक दिपेश गिरीले जानकारी दिनुभयो । मालपोत कार्यालयमा बम विष्फोट हुनु भन्दाअघि कार्यालय छिरेका महतोको सिसिटिभी क्यामरामा कैद भएको तस्बीरको आधारमा गहन अनुसन्धानपछि पक्राउ गरिएको हो ।

आइतवार बम विष्फोट हुँदा आठ जना घाइते भएको थियो भने धनगडीमाइ नगरपालिका–४ जयपुरका ३० वर्षीय दिनेश भण्डारीको अवस्था गम्भीर भएपछि उपचारको लागि कानुन न्याय तथा संसदीय मामिला मन्त्री लीलानाथ श्रेष्ठको पहलमा नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पुर्याएको थियो ।

कार्यालयका सुब्बा शिवकुमार यादवको उपचार विराट नगरमा भइरहेको छ भने बाँकी ६ जनाको लहान स्थित राम कुमार उमा प्रसाद स्मारक अस्पतालमा भइरहेको छ । मालपोत कार्यालय लहानमा विष्फोट गराएको घट्नाको जिम्मेदारी जनतान्त्रिक तराईका मुक्ति मोर्चाले विज्ञप्ति जारी गर्दै जिम्मा लिएको छ । तराइमा संघर्षरत जनतान्त्रिक तराई मुक्ति मोर्चाका संयोजक जय कृष्ण गोइतले जिम्मेवारी लिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu