काठमाडौँ, ६ चैत्र । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले पदबाट राजीनामा दिनु भएको छ । कार्यकाल सम्हालेको तीन वर्षपछि उहाँले राजीनामा दिनु भएको हो । महान्यायाधिवक्ता कार्यालय स्रोतले राजीनामाबारे आज दिउँसो १ बजे पत्रकार सम्मेलन गरी जानकारी दिने बताएको छ।
केपी शर्मा ओली प्रधानमन्त्री भएपछि उहाँ महान्यायाधिवक्ता नियुक्त हुनुभएको थियो । संसद् भंग गर्ने केपी ओलीको कदमको पक्षमा वहश गर्न नसकेको भनेर उहाँको चर्को आलोचना भएको थियो ।
प्रतिक्रिया दिनुहोस्