ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

तौल घटाउने भ्रामक विज्ञापन गर्दै ग्रीन कफी बेच्नेहरु पक्राउ


एबीसी / संवाददाता
६ चैत्र २०७७, शुक्रबार   ४ : १८   बजे

काठमाडौं, ५ चैत । केन्द्रिय अनुसन्धान ब्यूरो ९सीआईबी०ले ग्रीन कफीले मोटोपन घटाउँछ भन्दै ठगी गरेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका १७ नयाँबजार बस्ने पोखराका ४२ वर्षीय आशिष आर्चाय र ३० वर्षीय रसियाका विदेशी नागरिक इजोर कुटश रहेका छन् ।

आचार्य टिम वान सप्लायर्स प्रालिका संचालक समेत हुन् । सप्लायर्सका संचालक आचार्यले ग्रीन कफीको सेवनले मोटोपन घटाउने भन्दै यसको नियमित सेवन गरे शरीरलाई फाइदा हुने भन्दै भ्रमपूर्ण विज्ञापन गरेका थिए ।

ग्रीन कफी खाएपछि विना औषधी, व्यायाम, डाईटिङ र साईड ईफेन्ट विनै सातामा १३ किलो वजन घटाउने अचम्मको विधि पत्ता लगाएको भन्दै विज्ञापन, सामाजिक सञ्जालको पेजमा राखेर प्रचारप्रसार गरेर भ्रामक सूचना फैलाई बिक्री वितरण गरेर ठगी गर्ने गरेको खुल्न आएको छ ।

ब्यूरोले आचार्य र कुटशलाई नयाँबजारबाट पक्राउ गरेको हो । आचार्यको सप्लायर्समा खानतलासी गर्दा ठूलो परिमाणमा ग्रीन कफीको सामान समेत फेला पारेको ब्यूरोले जनाएको छ ।

उनीहरुको साथबाट प्रहरीले १२ वटा जुटको बोरामा राखिएकोे हरियो कफी ६४४ केजी, बिक्री वितरणको लागि तयारी अवस्थामा राखिएको १०० ग्रामको हरियो कफी २८२२ प्याकेट, क्याइटालिट लेखिएको ४५ बाकस, कार्डिसन लेखिएको ५१ बाकस, डक्स लेखिएको १८ बाकस, विभिन्न कम्पनीको २५ थान ल्यापटप, र सीपीयू २ थान बरामद गरेको छ ।

यस्तै विदेश नागरिक कुटशको पासपोर्ट २ थान र उनको कोठाबाट ३ लाख ९७ हजार रुपैया र २ थान मोवाइल बरामद गरेको हो । उनीहरुले ग्रीन कफी प्रतिकेजी (६)मा नेपालको विभिन्न भागबाट खरिद गरी प्रतिकेजी २० हजार देखि ४० हजार सम्म नेपालकै विभिन्न भागमा बिक्री गर्ने गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ ।

ब्यूराको अनुसन्धान अधिकृतका अनुसार उनीहरुको नेटवर्क धन्दा भारत र रसियामा समेत रहेको खुल्न आएको छ । सप्लायर्सको कार्यालय र गोदामबाट कानुन बमोजिम अनुमति समेत नलिएको सप्लिमेन्टहरु बरामद भएको छ ।

उक्त सप्लिमेन्टहरु गैरकानूनी रुपमा बेच्ने योजना समेत बनाएका थिए । उक्त सामान समेत ब्यूरोले बरामद गरेको छ । उनीहरुमाथि ठगी सम्बन्धी कसूरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप भई अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group