ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चाल्नाखेलमा भेटिएका शव कक्षा १० मा पढ्ने १६ र १८ वर्षीय विद्यार्थी रहेको खुलासा


एबीसी / संवाददाता
६ चैत्र २०७७, शुक्रबार   ६ : १९   बजे

काठमाडौँ, ६ चैत । काठमाडौँको चाल्नाखेलमा भेटिएको दुई शव विद्यार्थीको भएको खुलेको छ ।दक्षिणकाली नगरपालिका–१ खहरे, चाल्नाखेलमा शुक्रबार दिउँसो खहरेस्थित जंगलमा फेला परेको शव दुई जना विद्यार्थीको भएको पुष्टि भएको हो ।प्रहरीले मृतकका आफन्तमार्फत शवको पहिचान गरेको हो ।

नुवाकोट घर भएका १६ वर्षीय अर्जुन खड्का र काभ्रे घर भएका १८ वर्षीय मंगल तामाङको शव रहेको प्रहरीले जनाएको छ ।खड्का असनस्थित टेउडा स्कुलमा कक्षा १० मा र मंगल चाँही क्षेत्रपाटीस्थित जिपी स्कुलमा कक्षा १० मा अध्ययनरत विद्यार्थी हुन् ।उनीहरु दुवैजना एकआपसका साथी भएको र बाङ्गेमूढामा बस्ने गरेको प्रहरीले जनाएको छ । महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंह कमाण्डको टोलीले घटनास्थलमा पुगेर शवको मुचुल्का गरेको छ भने त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक डाक्टरले शवको अवलोकन गरेका छन् । पारिवारिक स्रोतका अनुसार उनीहरु बिहीबार विहान १० बजेदेखि हराइरहेका थिए ।पोष्टमार्टमका लागि शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group