काठमाडौं, ८ चैत्र । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल प्रहरीका दुई महिला वरिष्ठ उपरीक्षक ९एसएसपी० माथि छानबिन थालेको छ । एसएसपीद्वय पूजा सिंह र किरण बज्राचार्यमाथि आर्थिक अनियमितताको आरोपमा अख्तियारले छानबिन थालेको हो । सिंह प्रहरी प्रधान कार्यालय नक्सालको प्रशासन महाशाखा र बज्राचार्य महानगरीय प्रहरी परिसर ललितपुर प्रमुखका रुपमा कार्यरत छन् । एसएसपी सिंहमाथि जिल्ला प्रहरी कार्यालय काभ्रेमा एसपीका रुपमा कार्यरत रहँदा सरुवा भएर जाने प्रहरी कर्मचारीको टिएडिए हिनामिना गरेको आरोपमा उजुरी परेको थियो ।
अख्तियार श्रोतका अनुसार बज्राचार्यलाई भने भक्तपुर परिसरमा एसपीका रुपमा काम गर्दा बेवारिसे शव व्यवस्थापनका लागि छुट्याइएको रकम हिनामिना गरेको आरोप लागेको छ । दुवै एसएसपीमाथि लागेको आरोपबारे छानबिन भइरहेको र आरोप सत्य ठहरिए अनुसन्धान गरी कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।
सिंह र बज्राचार्य प्रहरी संगठनमा राम्रो करियर भएका उच्च महिला अधिकृत हुन् । उनीहरुमाथि पूर्वाग्रह राखेर उजुरी गरिएको भन्दै केही उपल्ला अधिकृत नै रुष्ट छन् । श्रोतका अनुसार सिंह र बज्राचार्य दुवैले आफूहरुले खराब नियत राखेर काम नगरेको भन्दै न्याय पाउने आशा लिएका छन् ।
प्रतिक्रिया दिनुहोस्