ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशत बढाउन माग


एबीसी / संवाददाता
१० चैत्र २०७७, मंगलबार   ४ : २५   बजे

काठमाडौ, १० चैत । पर्यटन श्रमिकको पारिश्रमिक ४० प्रतिशतले वृद्धि गर्नुपर्ने, कानून नमान्ने पर्यटन कम्पनीलाई बारबाही गर्नुपर्नेलगायत माग गर्दै पर्यटन क्षेत्रका श्रमिक मजदूरले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमक्ष ज्ञापन बुझाएका छन् । पर्यटन क्षेत्रको पुनर्जीवन र श्रमिकको जीवन रक्षाको माग गर्दै पर्यटन क्षेत्र नेपाल ट्रेकिङ, ट्राभल्स, जलयात्रा, वायुसेवा, संस्कृति, पुरातत्व, कार्गो, कुरियर श्रमिक युनियन (यूनिट्राभ) का श्रमिकहरुको एक प्रतिनिधिमण्डलले संस्कृतिमन्त्री भानुभक्त ढकाललाई १७ बुँदे ज्ञापनपत्र बुझाएको हो ।
कोरोना महामारीपछि अस्तव्यस्त पर्यटन क्षेत्रमा श्रमिकको उत्थानलाई जोड दिँंदै आज पर्यटनमन्त्रीलाई ज्ञापनपत्र बुझाइएको यूनिट्राभका अध्यक्ष सुमनप्रसाद पराजुलीले बताउनुभयो । सामाजिक सुरक्षा कोषमा सबै श्रमिकलाई सूचीकृत गर्नुपर्ने, पर्यटक आफूखुशी पदमार्गमा जाने ‘एफआइटी टिम्स’ बन्द गर्नुपर्नेलगायत माग श्रमिकको छ । यूनिट्राभले माउन्टेन गाइडको तलब निर्धारण र स्वदेशी –विदेशी गाइडबीचको विभेद, हेलिकप्टर उद्धारमा हुने विभेद र विमानस्थलमा आउटसोर्सिङ कम्पनीबाट कर्मचारी लिने व्यवस्थाको अन्त्य गर्नुपर्ने माग गरेको छ ।
यूनिट्राभले पर्यटक कुन देशको हो र बीमा रकम कति छ भन्ने आधारमा नभई समय, अवस्था र स्थानलाई ध्यानमा राखी आपत्कालीनावस्थामा छिटोभन्दा छिटो पर्यटक र श्रमिकलाई हेलिकप्टरबाट उद्धार गर्ने व्यवस्था गर्नुपर्ने माग गरेको छ । नेचर गाइड र सफारी श्रमिकका कार्य व्यवस्थित गर्नुपर्ने, कोभिडबाट प्रभावित श्रमिकको जीवन रक्षाका लागि राहत र विनाधितो सहुलियपूर्ण ऋण दिनुपर्ने, महिला पथप्रदर्शकमाथि हुने विभेद अन्त्य गर्नुपर्ने, पदमार्ग क्षेत्रमा रहेको एकाधिकार अन्त्यलगायत विषय पनि उठाइएको छ ।
पर्यटनमन्त्री ढकालले पर्यटन क्षेत्रको विकासका माग अध्ययन गरी कार्यान्वयन गर्न प्रयास गरिने आश्वासन दिनुभयो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu