ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ट्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फाल्ने पक्राउ


एबीसी / संवाददाता
११ चैत्र २०७७, बुधबार   ८ : ४१   बजे

स्याङ्जा, ११ चैत्र । ट्याक्टरबाट खसेर घाइते भएका साथीलाई कालीगण्डकीमा फालेर भागेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गल्याङ नगरपालिका–८ का सुनील राना छन् । घटनाका मुख्य आरोपित सोही ठाउँका २४ वर्षीय अमित परियार फरार छन् ।

जिल्ला प्रहरीका डीएसपी राजेन्द्र अधिकारीका अनुसार गल्याङ–९ पाखीचौरस्थित बेलचौर–साँखर कच्ची सडकमा गत बिहीबार साँझ ढुंगा बोकेको लु अ फ १०२० नम्बरको (अस्थायी नम्बर) ट्याक्टरबाट खसेर गल्याङ–८ का १९ वर्षीय सहचालक गणेश गाहा घाइते भएका थिए । उनको टाउकोमा चोट लागेका थियो । ‘ट्याक्टर चालक परियार र सहचालक रानाले घाइते गणेशलाई ट्याक्टरमा राखेछन्,’ अधिकारीले भन्नुभयो , ‘पारीचौरबाट ट्याक्टर मोडेर फेरि साँखरस्थित कालीगण्डकी नदीको किनारमा लगेछन् र घाइते गाहालाई त्यहींबाट नदीमा फालिदिएछन् ।’ आइतबार सूचना पाएपछि प्रहरी अधिकृतको टोली खोजतलासमा लागे पनि गाहा अहिलेसम्म भेटिएका छैनन् ।

घटनापछि सुनील पाल्पास्थित दिदीको घर पुगेर सबै कुरा सुनाएछन् । आफूले केही नगरेको र अमितले नदीमा बगाइदिएको बताएपछि दिदीले नै उनलाई प्रहरीको सम्पर्कमा ल्याएकी थिइन् । ‘त्यसपछि पाल्पा प्रहरीले सोधपुछका लागि सुनीललाई नियन्त्रणमा लियो र हामीलाई खबर गर्‍यो,’ अधिकारीले भने, ‘सोधपुछ गर्दा सुनीलले आफू पनि संलग्न रहेको र घाइते गाहालाई नदीमा फालेको स्वीकार गरेपछि उनीमाथि मुद्दा दर्ता गरिएको हो ।’ उनलाई सोमबार जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

गाहाका परिवारलाई भने त्यतिबेलासम्म घटनाबारे कुनै खबर थिएन । परिवारको भनाइ उद्धृत गर्दै अधिकारीले भने, ‘छोरो साथीसँग बाहिरै बढी हिँडडुल गर्ने भएकाले साथीकोमा गएर बसेको होला, आउला नि भनेका रहेछन् ।’ घटनाको विषयमा ट्याक्टर धनीसमेत बेखबर रहेको पाइएको प्रहरीले जनाएको छ । फरार परियारको भने खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu