ABC NEWS NEPAL | No.1 News channel of Nepal
१७ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कोरोनाका कारण धुलिखेल अस्पतालमा एकको मृत्यु


एबीसी / संवाददाता
१३ चैत्र २०७७, शुक्रबार   १ : ५४   बजे

काभ्रे, १३ चैत । दोलखा जिल्लाको विगु गाउँपालिकाका ६२ बर्षीय एक पुरुषको कोरोनाका कारण मृत्यु भएको पुष्टि भएको छ । उहाँँ निमोनियाका कारण श्वासप्रश्वासमा कठिनाई भएपछि उपचारका लागि धुलिखेल अस्पतालमा भर्ना हुनुभएको थियो ।

धुलिखेल अस्पताल आकस्मिक कक्षका प्रमुख सानुकृष्ण श्रेष्ठले चैत ११ गते राती ९ बजे भर्ना हुनुभएको उहाँको चैत १२ गते दिउँसो निधन भएको थियो । उहाँको मृत्यु पश्चात शंका लागेर परीक्षण गर्दा कोभिड पुष्टि भएको श्रेष्ठले जानकारी दिनुभयो । निधन पश्चात कोभिड पुष्टि भए पछि शवलाई नेपाली सेनाले सुरक्षा सहित अन्त्येष्टी गरिएको छ । जिल्ला कमाण्ड पोष्टले थप सुरक्षाका लागि अस्पताल प्रशासनलाई अनुरोध गरेको छ भने अस्पतालले सेवा नरोकी सुरक्षा मापदण्ड अपनाएको जनाएको छ ।

स्वास्थ्य कार्यालय काभ्रेका बरिष्ठ स्वास्थ्य प्रशासक डा. नरेन्द्रकुमार झाले कोरोना सङक्रमण बढ्न सक्ने भन्दै सचेतना बढाउन स्थानीय तहलाई अनुरोध गरेको बताउनुभयो । फागु पूर्णीमा (होली) लगायतका पर्वमा कोरोना सङक्रमण फैलन सक्ने भन्दै सरोकारवाला चिन्ता व्यक्त गरेका छन् ।

काभ्रेपलाञ्चोक जिल्लामा शुक्रबार सम्ममा तीन हजार तीन सय ७५ जनामा सङक्रमण भएका छन् भने ६२ जनाले ज्यान गुमाएका छन् । जिल्ला बाहिरका १७ र जिल्ला भित्रका ४५ जना नागरिकले कोभिडकै कारण ज्यान गुमाएको डा. झाले जानकारी दिनुभयो । कोभिड खोप लगाउनेको संख्या जिल्लामा २३ हजार ६ सय ३५ रहेको छ । जिल्लामा सक्रिय संक्रमितको संख्या सात रहेको छ । सबै जना होम आईसोलेसनमा उपचारार्थ छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भोटेकोसी–त्रिशूली बाढीबाट १२ जलविद्युत् आयोजना प्रभावित, ९४७ जना सम्पर्कविहीन

जलविद्युत् आयोजनाका सुरुङमा उद्धार तीव्र, विदेशी विज्ञसहित सेनाको टोली खोजीमा- विवरण

सम्बन्धित

ड्राइभिङ लाइसेन्स स्वास्थ्य परीक्षण गर्ने क्लिनिकको सेवा नरोक्न सर्वोच्चको अन्तरिम आदेश

कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

झापामा बोर्डिङ स्कुलको आवासीय कोठामा शिक्षिकाको शव फेला, श्रीमान् सम्पर्कविहीन

राज्यले दमन गरेको भन्दै आज देशभरका अस्पतालमा आकस्मिक सेवाबाहेक सबै सेवा बन्दको घोषणा

रास्वपाले बोलायो केन्द्रीय समितिको बैठक, यस्ता छन् एजेण्डा

कोशी प्रदेशका डीआईजी र सुनसरीका सीडीओ तानिए

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu