ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रधानमन्त्रीद्वारा मानन्धर र रावलको निधनप्रति दुःख व्यक्त


एबीसी / संवाददाता
१७ चैत्र २०७७, मंगलबार   ९ : २८   बजे

काठमाडौ, १७ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (संयुक्त)का अध्यक्ष विष्णुबहादुर मानन्धर र कैलालीको मोहन्याल गाउँपालिका अध्यक्ष नवलसिंह रावलको निधनप्रति दुःख व्यक्त गर्नु भएको छ ।

आज छुट्टाछुट्टै शोक वक्तव्य जारी गर्दै उहाँले दुवै जनाको निधनले नेपालको कम्युनिष्ट आन्दोलनमा क्षति पु¥याएको तथा निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाउन परेको बताउनुभएको छ । मानन्धरको यही चैत १६ गते ९१ वर्षको उमेरमा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र रावलको ७७ वर्षको उमेरमा आज अन्नपूर्ण न्यूरो अस्पतालमा निधन भएको थियो ।

जहानियाँ राणा शासन विरुद्धको सङ्घर्षमा सक्रिय रहनुभएका मानन्धरले नेपाल कम्युनिष्ट पार्टीको स्थापना कालदेखि नै पार्टीमा सङ्गठित रहेर पु¥याउनुभएको योगदानको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “विसं २०४६ को संयुक्त जनआन्दोलन सफल पार्न नेपाल कम्युनिष्ट पार्टी ९संयुक्त० को अध्यक्षका रुपमा संयुक्त वाममोर्चा गठनमा उहाँले निर्वाह गर्नुभएको भूमिका स्मरणीय छ”, उहाँको शोक वक्तव्यमा भनिएको छ, “मानन्धरको निधनबाट नेपालको कम्युनिष्ट आन्दोलनले निष्ठावान्, सादगी र इमान्दार नेतालाई गुमाएको छ । नेपालको वाम लोकतान्त्रिक र प्रगतिशील आन्दोलनमा उहाँको योगदान चीरकालसम्म स्मरणीय रहने छ ।” नेपाली कम्युनिष्ट आन्दोलनका प्रथम पुस्ताका अथक नेताको रुपमा मानन्धरलाई चिनिने गरिन्छ ।

यसैबीच प्रधानमन्त्री ओलीले कैलालीको मोहन्याल गाउँपालिकाका अध्यक्ष रावलको निधनले एमालेले निष्ठावान्, सादगी र इमान्दार नेता र कैलालीका जनताले विकासप्रेमी जनप्रतिनिधिलाई गुमाएका परेको बताउनुभएको छ । शोक वक्तत्व जारी गर्दै उहाँले निधनप्रति दुःख व्यक्त गर्दै रावलको निधनले मर्माहत परिवार, आफन्तजन र कैलालीका पार्टी कार्यकर्ताप्रति गहिरो समवेदना व्यक्त गर्नुभएको छ । “ एमाले नेता, सामाजिक परिवर्तनका अभियन्ता तथा लोकप्रिय जनप्रतिनिधिको रावलले पु¥याउनु भएको योगदान कैलालीका जनताको मानस्पटलमा स्मरणीय छ”, प्रधानमन्त्रीद्वारा जारी शोक वक्तव्यमा भनिएको छ ।

रावल २०४९ र २०५४ सालमा कैलालीको सुगरखाल गाविस अध्यक्ष र २०७४ सालमा मोहन्याल गाउँपालिकाको अध्यक्षमा निर्वाचित हुनुभएको थियो । उहाँ २०५६ सालको संसदीय निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट मालेका तर्फबाट उम्मेदवार बन्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कोइराला निवासमा राजनीतिक सरगर्मी: प्रचण्ड र माधव नेपालद्वारा शेखरसँग सामूहिक संवाद

चितवनको राप र रास्वपाको रापताप: स्टन्टबाट पार्टीतन्त्रतर्फको कठिन यात्रा

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu