ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

जनशक्ति अभावका कारण अनुगमन गर्न नसक्दा उपभोक्तालाई सास्ती दिगो विकास (भिडियोसहित)


एबीसी / संवाददाता
२२ चैत्र २०७७, आइतबार   ३ : ०६   बजे

काठमाडौँ, २२ चैत्र । उपभोक्ता हितसग सरोकार राख्ने विभिन्न विभागका महानिर्देशकहरुले जनशक्ति अभावका कारण प्रभावकारी बजार अनुगमन गर्न नसकेको गुनासो गरेका छन् । राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धी विषयमा छलफल गर्न उपस्थित भएका महानिर्देशकहरुले यस्तो गुनासो गरेका हुन ।
जनशक्ति अभावका कारण प्रभावकारी बजार अनुगमन गर्न नसकेको दुखेसो उपभोक्ता हितस“ग सरोकार राख्ने वभिन्न विभागले पोखेको छ ।

शुक्रबार बसेको दिगो विकास तथा सुशासन समितिको बैठकमा उपभोक्ता हकहित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धी विषयमा छलफल गर्न उपस्थित भएका महानिर्देशकहरुले यस्तो दुखेसो पोखेका हुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले बजार नियमन र अनुगमनका लागि विभागको अहिलेको संरचना प्रयाप्त नभएको बताए । तर पनि बजार अनुगमनका लागि अहिले विभागस“ग भएको जनशक्तिलाई दैनिक रुपमा परिचालन गरिएको उनको दावी छ । काठमाडौं उपत्यकाभित्र साढे चार लाख पसल र व्यवसाय दर्ता भएको र विभागले दैनिक निकाल्ने १० जनाको टोलिले नियमित अनुगमन गर्दा समेत नभ्याउने तितो यतार्थ रहेको उनको ठहर छ ।

औषधि व्यवस्था विभागलेपनि विभागस“ग कम जनशक्ति भएकाले बजार अनुगमनलाई नियमित गर्न नसकिएको पिडा बैठक साक्ष राख्यो । विभागका महानिर्देशक भरत भट्टराईले अहिले देशभर २५ हजार औषधि पसल र ४ सयको संख्यामा उद्योग रहेको तर विभागस“ग ६० जना मात्रै कर्मचारी रहेकाले अनुगमन प्रभावकारी बनाउन नसकिएको जनाए ।

आन्तरिक राजस्व विभागले भ्याटबिल जारी गरे नगरेको, सही मूल्य राखे नराखेको सम्बन्धमा अनुगमन गर्ने गरेको छ । विभागका महानिर्देशक झक्कप्रसाद आचार्यले पछिल्लो समय विकास गरिएको सेन्ट्रल बिलिङ मोनिटरिङ सिस्टमबाट समेत बिलको विवरण हेर्न सकिने भएकाले बजारमा बिल अनुगमन प्रभावकारी बनेको बताए । आन्तरिक राजस्व विभागमापनि जनशक्ति अभाव रहेतापनि पछिल्लो समय अनलाईनबाट काम गर्न सकिने भएकाले केहि समस्या टरेर गएको विभागको ठहर छ ।

यता भन्सार विभागले भन्सारमा गरिने मूल्य निर्धारण उपभोक्ता हितस“ग जोडिने भएकाले विभाग सचेत रहेको बताए । त्यसो त भन्सारमा मूल्य निर्धारण गर्दा राजस्व चुहावट नहोस भन्ने तर्फ विभागको ध्यान जान जरुरी हुन्छ । भन्सार विभागका निर्देशक शिशिर घिमिरेले समान प्रकृतिका बस्तुको मूल्यमा एकरुपता कायम गर्न कारोबार मूल्यलाई मान्यता दिने गरिएको तर यस्तो मूल्यमा धेरै फरक परेमा विभाग आफैले मूल्य निर्धारण गरिदिने गरेको बताए ।

बैठकमा बेल्दै दिगो विकास तथा सुशासन समितिका सदस्यहरुले बजार अनुगमनलाई पहिलो प्राथमिकता दिएर काम गर्नुपर्नेमा जोड दिए । संसदीय समितिले बजारमा कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न सरकार मातहतका सम्बन्धित निकायलाई निर्देशनपनि दिएको छ । कालोबजारी गर्ने र कृतिम अभाव सिर्जना गर्नेहरुलाई कारबाही गर्न वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, औषधी व्यवस्था विभाग, भन्सार विभाग र आन्तरिक राजस्व विभागलाई निर्देशन दिए स“गै उपभोक्त ठगिन र विचौलियाको चङगुलमा फस्ने समस्या साबधान हुने आशा जागेको छ ।

राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा समितिले चारवटै विभागका महानिर्देशकहरुलाई बैठकमा बोलाई उपभोक्ता हक हित र बजार व्यवस्थापनमा सुशासनको अवस्था सम्बन्धमा छलफल गरेको हो । समितिले बिल बिजक लिनुपर्छ भन्ने सम्बन्धमा सबैमा जनसचेतना फैलाउनु सरकारको दायित्व भएकोले त्यसतर्फ ध्यान दिन समेत विभागहरुलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

सम्बन्धित

‘खराब मानिस’बाट ‘बुद्धिमान नेतृत्व’सम्म : ट्रम्प नेतृत्वको दक्षिणपन्थी राजनीतिले इरानप्रतिको दृष्टिकोण किन बदल्दैछ?

विश्वकपदेखि नेपाली फुटबलसम्म : उपेन्द्रमान सिंहले औँल्याए चुनौती र सम्भावना (भिडियोसहित)

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

६ वटै महानगरको बजेट : पूर्वाधारको वाचा, कार्यान्वयनको संकट

प्रभु बैंक ऋण अपचलन प्रकरण— ओम प्रसाद पाण्डे पूर्पक्षका लागि कारागार चलान, अशोक शेरचनसहित ११ जना विरुद्ध पक्राउ पुर्जी

जनअधिकार पार्टीले भन्यो– संघीयता खारेज गरे सरकारले आन्दोलन थेग्न सक्दैन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group