ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ओली लोक लाज र नैतिकता नभएको व्यक्ति :प्रचण्ड


एबीसी / संवाददाता
२८ चैत्र २०७७, शनिबार   १२ : ३१   बजे

काठमाडौं २८ चैत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीबाटै हटाइएको मान्छेलाई सर्वोच्चले बिचित्रको फैसला गरेका कारण प्रधानमन्त्रीमै राखिदिएको भन्दै व्यंग्य गरेका छन् ।
शनिवार काठमाडौंमा भएको निजामति ट्रेड युनियनको कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले तत्कालीन नेकपामा ७० प्रतिशत केन्द्रीय सदस्यबाट प्रधानमन्त्री केपी ओलीलाई पार्टीबाट हटाउने बित्तिकै छलछाम गर्दै सेटिङका आधारमा प्रधानमन्त्रीमै कायम रहने अवस्था सिर्जना गरिएको व्याख्या गरे । ओली कुनै नैतिकता र सार्वजनिक लोक लाज नभएको मानिस भएका कारण प्रधानमन्त्रीको कुर्चीमा टांसिएको प्रचण्डले आरोप लगाए । उनले भने नेपालको इतिहासमा यति बद्नाम भएर कोही पनि व्यक्ति पदमा बसेको छैन ।

उनले संसद पुनःस्थापनासम्म आइपुग्दा सरकारात्मक भएपनि त्यसपछिको अदालतको फैसला जनताले गरेको परिवर्तन र बहुदीय व्यवस्थाको विरोधमा भएको दावी गरे । वैधानिक रुपमा अघि बढेको पार्टीका विरुद्ध र कससैले पनि माग्दै नमागेको विषयमा अदालते फैसला गरेर मिलेका शक्तिलाई जबरजस्ती डिभोर्स गराइएपछि देशको अवस्था असहज बनेको प्रचण्डले बताए ।

प्रचण्डले फेरि आन्दोलनमा जानुको विकल्प नभएको बताउँदै भने मजदुर, किसानलाई दुःख नदिइकन आन्दोलन गर्नु पर्छ । यस्तै संघीय निजामती सेवा सम्बन्धी विधेयक राज्यव्यवस्था समितिबाट पास भएपनि प्रधानमन्त्री ओलीले रोकेर सदनबाट पास हुन नदिइ निकम्मा बनाएको आरोप लगाए । उनले कर्मचारी समायोजन सम्बन्धी विधेयक लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्न सहयोग पुग्ने गरी समितिबाट पास भएको बताउँदै अहिले त्यसलाई अघि बढ्न नदिइएको बताए ।

पछिल्ला ३ वर्षमा जस्तो ऐन बन्नुपर्थ्यो त्यस्तो हुन नसकेको, पार्टी र स्थायी कमिटी सदस्यलाई जनाकारी नै नदिई विधेयकहरु आएको, ऐनमा कर्मचारी ट्रेड युनियन अधिकार नै नराख्ने, कर्मचारीलाई कुनै एउटा गुटको अधीनस्थ गर्न खोजिएको बताए ।
आगामी दिनमा ऐन कानुनमा भएका परिवर्तन विरोधी प्राव्धान बदल्ने आश्वासन समेत प्रचण्डले कर्मचारी अगुवाहरुलाई दिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

सम्बन्धित

रास्वपा महाधिवेशन: सर्वसम्मति नजुटे ६ पदमा चुनावी प्रतिस्पर्धा, उम्मेदवारहरूको लामै सूची

भेनेजुएलामा विनाशकारी दोहोरो भूकम्प : १८८ जनाको मृत्यु, १,५०० भन्दा बढी घाइते, हजारौँ अझै भग्नावशेषमुनि फसेको आशंका

विश्वकप २०२६: निकोलस पेपेको दुई गोलसँगै कोट डी आइभोर पहिलोपटक नकआउट चरणमा

इक्वेडरको ऐतिहासिक जित : जर्मनीलाई २–१ ले हराउँदै २० वर्षपछि विश्वकपको नकआउट चरणमा प्रवेश

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group