ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

२०७७ सालमा जस्तो कोरोनाको पीडा नदोहोरियोस् : प्रधानमन्त्री


एबीसी / संवाददाता
१ बैशाख २०७८, बुधबार   ८ : ५२   बजे

काठमाडौं १ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल जस्तो कोरोना भाइरस संक्रमणको पीडा दोहोरिन नपाओस् भनेर कामना गरेका छन् ।

प्रधानमन्त्री ओलीले बुधवार बिहान देशबासीको नाममा सम्बोधन गर्दै कोरोना फैलिन नदिन सजग हुनुपर्ने बताए । नयाँ वर्ष २०७८ को अवसरमा सिंहदरबारबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै सरकारले अभूतपूर्व सफलता हासिल गरेको दावी गरे ।

 

‘२०७७ साल हामीबाट बिदा भएको छ । ७७ सालमा हामीले विश्वले पहिले कहिल्यै नदेखेको कोभिड–१९ जस्तो महामारीको अप्रत्यासित सामना गर्नुपर्‍यो । सबैभन्दा बढी असर सामाजिक जनजीवनमा, अर्थतन्त्रमा र शिक्षामा पर्‍यो, वर्षभरि नै आक्रान्त रहनुपर्‍यो,’ प्रधानमन्त्रीले भने ।
‘हामीले कात्तिकबाट नियन्त्रण गर्दै ल्याएका थियौं, फेरि चैतको शुरूबाट कोरोनाले आफूलाई अगाडि बढाउन थालेको छ,’ उनले भने, ‘गत सालको पीडा त्यसै रूपमा दोहोरिन नपाओस्, तीब्र संक्रमण हुन नपाओस्, जनधनको क्षति गर्न नपाओस्, अर्थतन्त्रलाई प्रतिकूल असर गर्न नपाओस्, रोजगारी खोस्न नपाओस्, विकासमा प्रतिकूल असर नपारोस् भनेर सजग हुनुपर्ने भएको छ ।’

 

सरकारले जारी गरेका मापदण्डको पालना गर्न र चिकित्सकका परामर्श शिरोधार्य गरेर अगाडि बढ्न प्रधानमन्त्री ओलीले सबैमा अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

इरानले युद्ध जित्यो कि गुमायो? पर्दा पछाडिको वास्तविक भू-राजनीतिक चित्र

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

भग्नावशेषमा भेनेजुएला: दुई शक्तिशाली भूकम्पमा १६४ को मृत्यु, राहतका लागि अमेरिका आतुर

कक्षा १२ को नतिजाविरुद्ध माइतीघरमा विद्यार्थी प्रदर्शन, निष्पक्ष छानबिन र पुनर्परीक्षणको माग (तस्बिरहरु) 

भेनेजुएला- भूकम्प : ३० भन्दा बढीको मृत्यु, सयौँ घाइते, उद्धार कार्य जारी

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group