ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सरकारी अस्पतालमा अनलाइनबाट ओपिडी टिकट


एबीसी / संवाददाता
४ बैशाख २०७८, शनिबार   १० : ४६   बजे

चितवन, ४ वैशाख : सरकारी अस्पतालमा बिरामीको उपचारमा झन्झट ब्यहोर्नुपर्ने गुनासो आइरहेको समयमा यहाँको अस्पतालले अनलाइनबाटै ओपिडी टिकट काट्ने व्यवस्था मिलाएको छ । टिकट लिन लामो समय पालो कुर्नुपर्र्ने झन्झटबाट छुटकारा दिन बकुलहर–रत्ननगर अस्पतालले अनलाइन टिकट शुरु गरेको हो ।
अस्पतालको सेवामा विविधिकरण गर्ने क्रममा शुक्रबारदेखि अनलाइनबाट टिकट लिन सक्ने सुविधा थप गरिएको अस्पतालले जनाएको छ । रत्ननगर नगरपालिकाका प्रमुख तथा अस्पताल व्यवस्थापन विकास समितिका अध्यक्ष नारायण वनले एक औपचारिक कार्यक्रमका बीच अनलाइनबाट टिकट लिन सक्ने प्रणालीको उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले अस्पतालको सेवालाई प्रभावकारी बनाउने क्रममा बिरामीको चापलाई मध्यनजर गरी अनलाइनबाट टिकट काट्न सक्ने व्यवस्था गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “घन्टौँ लाइनमा बस्नुपर्ने अवस्थाको अन्त्य भएको छ ।” उहाँले अगाडि भन्नुभयो, “हामी अस्पताललाई सबै किसिमले अब्बल बनाउँदै छौँ ।” अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा विश्वबन्धु बगालेले अस्पतालको वेभसाइटमा गएर नाम, ठेगाना, उमेर, लिङ्ग, सम्पर्क नं लगायतको जानकारी भरेपछि टिकट जारी हुने जानकारी दिनुभयो । उहाँले बिमामार्फत काटिएको टिकटको भने प्रमाणित अस्पतालमा आएर गर्नुपर्ने बताउनुभयो ।रासस):

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुकुम्वासी विस्थापनविरुद्ध माइतीघरमा प्रदर्शन (तस्विरहरु)

स्याङ्जामा जिप दुर्घटना: १ को मृत्यु, २० घाइते

सम्बन्धित

नयाँ नेतृत्व र नीति तय गर्दै सकियो रास्वपाको पहिलो महाधिवेशन

विराटनगर पुगेर प्रचण्डले भने–एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ

काठमाण्डौ उपत्यकामा बर्ड फ्लु सङ्क्रमण फैलन नदिन प्राविधिक टोली परिचालन

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu