ABC NEWS NEPAL | No.1 News channel of Nepal
११ असार २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ललितपुरका पाँच स्थानबाट पर्यटकलाई पाटन अवलोकन गराइने


एबीसी / संवाददाता
६ बैशाख २०७८, सोमबार   ११ : १५   बजे

ललितपुर ६ वैशाख :
ललितपुरका पाँच स्थान पुल्चोक, बालकुमारी, महाबौद्ध, लगनखेल र पाटनढोका सडक भएर पर्यटकलाई पाटनका सम्पदा क्षेत्र अवलोकन गराइने भएको छ । सो कामका लागि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, नेपालका लागि फिनल्याण्डका राजदूत पट्र्टी एन्टीनेन, नेपालका लागि श्रीलङ्काका राजदूत हिमाली अरुनातिलका, नेपाल पर्यटन बोर्डका वरिष्ठ निर्देशक हिक्मतसिंह ऐर, ललितपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंलगायतले आइतबार ललितपुरको श्रीबहाल, नबहाल, पूर्णचण्डी, मङ्गलबजार आदि क्षेत्रमा हेरिटेज वाकअर्थात् सम्पदा यात्रा गरेर उक्त कामको शुभारम्भ गर्नुभयो ।

महानगरपालिकाका प्रमुख महर्जनले ललितपुरमा आन्तरिक तथा बाह्य पर्यटक बढाउने उद्देश्यका साथ सो काम अघि सारिएको बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले यहाँ पर्यटकले लामो समय बिताउन् भनी पुल्चोकबाट मङ्गलबजार हुँदै लगनखेल अनि जावलाखेल र अन्त्यमा पुल्चोकसम्म र दोस्रो रुट जावलाखेल हुँदै लगनखेल त्यसपछि एकान्तकुना भएर धोबीघाट अनि कुपण्डोल र अन्त्यमा सानेपासम्मै पर्यटकका लागि निःशुल्क विद्युतीय बस सञ्चालन गर्ने योजना अघि बढाएका छाँै । अब छिट्टै बिजुली बस पाटन भित्रिने छ ।” पाटन आउने पर्यटकले यहाँका हरेक स्थान घुमेर आर्थिक वृद्धि गराउन् भन्ने उद्देश्यका साथ तीन दिनसम्म निःशुल्क बिजुली बसमा यात्रा गर्ने अवसर दिन लागिएको महर्जनको भनाइ थियो ।

सङ्घका अध्यक्ष न्याछ्योंले ललितपुर जिल्ला कला र संस्कृतिको जीवन्त सङग्रहालय रहँदा यहाँका मूर्त तथा अमूर्त सम्पदाको प्रचारप्रसारमा आफूहरुले समेत विभिन्न काम गर्ने बताउनुभयो । सङ्घका पर्यटन तथा सांस्कृतिक प्रवद्र्धन समिति संयोजक आपुलाल अवालेले पाटनमा पर्यटक आवागमन वृद्धि गर्न हरेक महिनाको अन्तिम शनिबार यी पाँच रुट भएर सम्पदा पदयात्रा गर्ने, पाटनको परिचत्र भएको पुस्तक, पर्चा, नक्सा छाप्ने तयारी गरिरहेको बताउनुभयो ।

कार्यक्रममा महानगरपालिकाका केही वडाध्यक्ष, ट्रेकिङ एसोसिएसन अफ नेपाल (टान) का अध्यक्ष खुम्बु सुवेदी, होटल सङ्घ नेपाल (हान)का उपाध्यक्ष विनायक शाह, टुरिष्ट गाइड एसोसिएसन अफ नेपाल (टुर्गान) का अध्यक्ष बद्री नेपाल, चाइनीज गाइडका अध्यक्ष निशान प्रधान आदिको पनि उपस्थिति रहेको थियो ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको खुला केन्द्रीय सदस्यमा डा. स्वर्णिम वाग्ले पहिलो, शीर्ष नेताहरूको वर्चस्व कायम (सूची)

रास्वपा महाधिवेशन फेरि अन्योलमा, निर्वाचन तालिका पाँचौँ पटक संशोधन

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group