काठमाडौँ, ७ वैशाख । माडीको अयोध्यापुरीमा राखिने भगवान राम, सीता, लक्ष्मण र हनुमानको मुर्ति आज प्रधानमन्त्री निवास बालुवाटारबाट चितवन लगिदै छ । प्रधानमन्त्री निवास बालुवाटारमै प्रधानमन्त्री केपी शर्मा ओलीले मुर्ती हस्तान्तरण गरेपछि रथसहितको कलशयात्रा गर्दै करिव पाँच सय सवारी साधनको शोभायात्रा गरि मुर्ती चितवन पुर्याइने तयारी गरिएको छ । उक्त मुर्ती भोलि बिहान पीठाधीसहरुको उपस्थितिमा परशुराम कुण्डको पवित्र जलले जलाभिषेक गरी अयोध्याधाममा मूर्तीहरु स्थापना गरिने तयारी गरिएको छ । मुर्तीहरुलाई अस्थायी रुपमा राख्न अहिले मन्दिर निर्माणको काम तिव्र पारिएको छ । मुर्ती हस्तान्तरण देखि अयोध्यापुरी पुर्याउने कामको मुल संयोजन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गरिरहेको छ । मुर्तीको शोभायात्रामा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको ब्याण्डले बाजा बजाउने छ ।
प्रतिक्रिया दिनुहोस्