ABC NEWS NEPAL | No.1 News channel of Nepal
१२ असार २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सामाजिक दूरी कायम गर्दै कालिकामा पूजा


एबीसी / संवाददाता
७ बैशाख २०७८, मंगलबार   २ : २०   बजे
 बलेवा, ७ वैशाख  :
गण्डकी प्रदेशकै प्रसिद्ध बागलुङ कालिका भगवती मन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको छ । कोरोना महामारीबीच कालिकामा देशका विभिन्न स्थानबाट भक्तजन पुगेका हुन् । चैत्राष्टमीको अवसर पारेर कालिका दर्शन गर्न आउने भक्तजन बढेका हुन् ।
वार्षिक छ लाखभन्दा धेरै दर्शनार्थी आउने गरेको मन्दिरमा गत वर्ष कोरोना महामारीका कारण बन्द रहेकाले भक्तजनले दर्शन गर्न पाएका थिएनन् । यस वर्ष पनि चैत्राष्टमीको दुर्गापूजा शुरु भएसँगै भीडभाड बढेको कालिका भगवती गुठीका अध्यक्ष राजु खड्काले बताउनुभयो । भक्तजनलाई सामाजिक दूरी कायम गर्दै पूजाआजामा सहभागी गराइएको छ ।
नेपालका धेरै शक्तिपीठमध्ये बागलुङ कालिका गण्डकी प्रदेशको प्रमुख स्थानका रूपमा चिनिन्छ । धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्वको प्रसिद्ध शक्तिपीठ भएकाले बडादशैँ र चैतेदशैँमा हजारौँ भक्तजनको भीड लाग्छ । आजै १५ हजार भक्तजनले मन्दिरको दर्शन गरेका थिए । भक्तालुको आगमनलाई मध्यनजर गर्दै कालिका गुठीले मन्दिरको व्यवस्थापन गरेको छ । सामाजिक दूरी कायम गराउन स्वयंसेवक परिचालन गरिएको छ । पूजापाठ र बलिका लागि छरितो बनाइएको छ ।
भक्तजनका लागि पूजामा सहजीकरण, बलि व्यवस्थापन, यातायातको पार्किङ, सरसफाइ र खानपिनलाई सुरक्षित बनाउन विभिन्न तयारी भएका छन् । कोरोनाको जोखिमलाई कम गर्न ज्वरो नापेर मात्रै मन्दिर प्रवेश गराइएको छ ।
पर्वतका राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी राजकुमारी विश्रवादेवीसँग विवाह गर्दा राजकुमारीले पाल्पा माझकी देवी कालिकालाई पनि साथैमा ल्याएकाले कालीगण्डकी नदी किनारमा रहेको जङ्गलमा विधिपूर्वक स्थापना गरिएको पाइन्छ । त्यसपछि कालिकाको नियमित पूजा भइरहेको जनश्रुति छ ।
मन्दिरमा दर्शन गर्न आउनेले सन्तान प्राप्त हुने, शक्ति प्राप्त हुने र मनोकाङ्क्षा पूरा हुने विश्वास गर्छन् । अहिले बागलुङ, पर्वत, म्याग्दी, कास्की, चितवनसहित देशभरका विभिन्न स्थानबाट कालिकाप्रति धेरै विश्वास मान्ने दर्शन गर्न आउँछन् । भारतीय र तेस्रो मुलुकका पर्यटक पनि आउने गरेको खड्काले बताउनुभयो ।
बडादशैँ र चैतेदशैँमा बागलुङ कालिकामा ठूलो मेला लाग्छ । यो वर्ष कोरोना महामारीलाई मध्यनजर गरेर मेला भने आयोजना गरिएको छैन । त्यतिबेला हजारौँ भक्तजनले पूजा गर्ने, पञ्चबलि दिने र नाचगान गर्ने चलन छ । कालिका मन्दिरको चारै दिशामा ढोका छन् । पूर्वको ढोका कहिल्यै पनि खोलिँदैन ।
–––

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध

केही ठाउँमा वर्षा, मध्य र पूर्वी तराईमा उस्तै गर्मी

सम्बन्धित

मोहनविक्रम सिंह पहिलोपटक बेलायत भ्रमणमा, जेरेमी कोर्बिनसँग भेटघाट

समूह ए को विजेता बन्यो मेक्सिको, दक्षिण अफ्रिका पहिलोपटक नकआउट चरण प्रवेश

भेनेजुएलामा शक्तिशाली भूकम्प: जनधनको ठूलो क्षति भएको आशंका

कक्षा १२ को नतिजा विवादित: विद्यार्थी सडकमा उत्रिँदै

रास्वपा केन्द्रीय सदस्य निर्वाचन : प्रारम्भिक सूचीमा ३८४ जनाको नाम, को को ?

नयाँ भन्नेहरू कार्यकर्ता भर्ती गर्न व्यस्त छन्ः शंकर पोखरेल

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group